फिफा बरियतामा नेपाल तीन स्थान माथी उक्लीयो
  • काँचुली खबर

विश्व फुटबल महासंघ (फिफा) बरियतामा नेपाल ३ स्थान माथि उक्लिएको छ ।

बिहिवार फिफाले सार्वजनिक गरेको बरियतामा नेपालले ३ स्थान सुधार गर्दै १६१ औं स्थानमा उक्लिएको हो ।

बरियतामा दक्षिण एसियामा भारत ९७ औं स्थानमा रहेको छ । त्यस्तै, माल्दिभ्स १५० औं स्थानमा छ भने नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा छ । त्यस्तै, भुटान १८३ औं, बंगलादेश १९४ औँ, श्रीलंका २००औँ र पाकिस्तान २०१ ऋौं स्थानमा छन् ।

विश्व विजेता जर्मनी शीर्ष स्थानमा रहेको छ । त्यस्तै, दोस्रो स्थानमा ब्राजिल, तेस्रो स्थानमा बेल्जियम, चौथो स्थानमा पोर्चुगल र पाचौँ स्थानमा अर्जेन्टिना रहेको छ । त्यस्तै, छैटौ स्थानमा स्वीट्जरल्याण्ड, सातौँमा फ्रान्स, आठौमा पोल्याण्ड, नवौंमा चिली र स्पेन १०औं स्थानमा रहेका छन् ।

  • २५ जेष्ठ २०७५, शुक्रबार १३:२४ प्रकाशित
  • Nabintech