१४ बैशाख २०८१, शुक्रबार
एकल महिलाकालागि ‘बाखा पैंचो’
  • काँचुली खबर

द्वन्द्वपिडित तथा एकल महिला संजाल बाँकेले द्वन्द्वपिडित एकल महिलाकालागि बाख्रा पैंचो दिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकका विभिन्न वडाहरुमा वडा कार्यपालिका र द्वन्द्वपिडित महिला संजालको समन्वयमा सिफारिस गरिएका एकल महिलाहरुलाई दुई\दुई वटा बाख्रा दिईएको छ । बाख्रा प्राप्त गरेका महिलाहरुले आफुले प्राप्त गरेका बाख्राबाट पाठा÷पाठी उत्पादन गरि एकल महिलाका अन्य समुहलाई आफुले प्राप्त गरेको सँख्याकै बाख्रा दिनुपर्ने ब्यवस्था गरिएको छ ।
यसरी बाख्रा पैंचौ प्राप्त गर्नेहरुमा कोहलपुर नगरपालिका-१ कौशिलानगरकी पुष्पा खत्री र तुलसा दमाई, वडा नं २ की हरिकुमारी कामी र विष्णु दमाई, वडा नं. ३ मदनचोककी गण्डकी खाँड र खेडिया थारु, वडा नं. १३ की शसिकला शाही र कुमारी बुढाले दुई\दुई बटा बाख्रा प्राप्त गरेका छन भने वडा नं. ५ शान्तीनगरकी विष्णु थापा, वडा
नं. १२ चप्परगौडीकी अमृतादेखि पुन र वडा नं. १० विद्यानगरकी विद्या दमाईले एक\एक वटा बाख्रा प्राप्त गरेका छन ।

  • २५ जेष्ठ २०७५, शुक्रबार १३:०३ प्रकाशित
  • Nabintech