८ बैशाख २०८१, शनिबार
नेपाल एक दिवसीय टिमको वरियतामा
  • काँचुली खबर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ ।

आईसीसीका अनुसार आज (शुक्रबार) देखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स ९युएई० लाई एक दिवसीय टिमको वरियतामा समावेश गरिएको छ । आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरी उक्त संख्या १६ पुर्याएको छ । नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र युएईले अब खेल्ने एक दिवसीय खेललाई आईसीसीले वरियता निर्धारणका लागि मान्य हुने खेलका रुपमा समावेश गरेको छ ।

नेपालले सन् २०१८ को फेब्रुअरीमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको शीर्ष तीनमा स्थान पक्का गरेपछि एसोेसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएको हो ।

  • १८ जेष्ठ २०७५, शुक्रबार १६:३२ प्रकाशित
  • Nabintech