१५ चैत्र २०८०, बिहीबार
स्यानिटरी प्याडको विकल्प मोजा !
  • काँचुली खबर

गरिबी, उचित बासस्थानको अभाव र सामाजिक कुरीतिका कारण केही महिला र बालिकाहरु महिनावारी भएको बेला ‘स्वच्छताको लागि’ अस्थायी सामाग्रीहरु प्रयोग गर्छन् । यसै सन्दर्भमा बीबीसीले चित्रकार मेसी कजीन्सलाई संयुक्त अधिराज्यका केही मानिसहरुले रजस्वलाको कारण बहोर्नु परेका केही अवस्थाहरु चित्रहरु मार्फत् देखाउन अनुरोध गरेको थियो । उनले खिचेका तस्विरहरु विज्ञापन र सञ्चार माध्यममा महिनावारीसँग सम्बन्धित ‘स्वच्छता’ झल्काउने तस्विरहरु भन्दा बिल्कुलै फरक छन् ।

परोपकारी संस्था प्लान इन्टरनेशनलले सन् २०१८ मा गरेको संर्वेक्षण अनुसार महिला र किशोरीहरुले महिनावारी भएको बेला परम्परागत सामाग्रीहरुको सट्टा अरू खालका समान प्रयोग गरेको पाइएको छ । आधुनिक सेनेटेरी प्याड र रूमालहरू किन्न गाह्रो परेकोले शौचालयमा प्रयोग परिने कागज (ट्वाइलेट पेपर) सस्तोमा पाइने भइकोले यसको प्रयोग गरेको पाइन्छ । उक्त सर्वेक्षणले त्यस्ता कागजको प्रयोग २१ वर्षमूनिका ४० प्रतिशत महिलाले गरेको देखाउँछ ।

धेरै रगत सोस्ने क्षमता र धुन मिल्ने भएकोले मोजाहरु पनि दोस्रो लोकप्रिय स्वच्छता सामाग्रीको रूपमा केही मानिसहरुले प्रयोग गरेको पाइएको छ । त्यसैगरि बोरा र पुराना कपडाहरू पनि प्रयोग गरेको पाइएको छ । सर्वेक्षणमा भाग लिएकी एक युवतीले भनिन्, उनले महिनावारीको बेला रगत बग्नबाट रोक्ने उपायका रुपमा गन्जीको उपयोग गर्छिन् । यसका अतिरिक्त, सजिलै फाल्न मिल्ने भएकोले समाचारपत्रहरु र अरू कागजका सामाग्रीहरु पनि प्रयोग हुने गरेका छन् । कहिलेकाँही सामग्रीको वा विकल्प नहुँदा कट्टुमा नै रगत बगाउनु पर्ने अवस्था आउँछ । यस्ता युवतीहरू लुगा खाँदेर वा थप एउटा सुरूवाल लगाएर महिनावारीको व्यवस्थापन गर्न बाध्य छन् ।

  • १८ जेष्ठ २०७५, शुक्रबार १२:१२ प्रकाशित
  • Nabintech