१६ चैत्र २०८०, शुक्रबार
डर्टी पिक्चरः हिट हिराइनले गरिन् आत्माहत्या
  • काँचुली खबर

सिल्क स्मिता । जतिलाई यो नाम थाहा छैन, उत्तिलाई थाहा छ ‘डर्टी पिक्चर ।’ विद्या बालन स्टारर फिल्म ‘डर्टी पिक्चर’ कुनै नायिकाको जीवनमा आधारित थियो । आफ्नो कामुक छवीको कारण नाम र बदनाम पाएकी एउटी नायिकाको कथालाई केन्द्रमा राखेर यो फिल्म बनाइएको थियो । यह फिल्मको असली पात्र हुन्, सिल्क स्मिता ।

सिल्क स्मिता दक्षिण भारतिय अभिनेत्री थिइन् । आफ्नो जमानामा उनी यति चर्तित थिइन् कि, रजनीकान्तदेखि कमल हासनसम्मका सुपरस्टार उनलाई आफ्नो फिल्ममा लिन चाहन्थे । त्यसैको नतिजा थियो, उनले १० बर्षमा ५ सय फिल्मको रेकर्ड बनाइन् । अर्थात औसत बर्षमा पाँच फिल्म उनको भागमा पर्‍यो । खासगरी ८० को दशकमा उनको जादु यसरी चल्यो कि, फिल्मले उनलाई विश्राम लिन नै दिएन ।

कति गरिब थिइन् ?रंगिन दुनियामा त उनी यसरी चम्किएकी थिइन् । तर, उनको व्यक्तिगत जीवन भने फिका एवं रंगहिन थियो । त्यसो नहुँदो हो त, उनले ३५ बर्षको जल्दोबल्दो उमेरमा आफैलाई समाप्त गर्ने थिइनन् । यदि उनी बाँचेको भए आज ५७ औं जन्म दिनको केक काटिरहेकी हुन्थिन् ।

सिल्कको परिवार यति गरिब थियो कि, उनलाई पढाउनका लागि सरकारी स्कुल पठाउन समेत असमर्थ थिए । त्यही कारण उनले पढाईलाई निरन्तरता दिन सकिनन् । चार कक्षाबाटै पढाईलाई बिट मारिन् ।

अन्ततः हिरोइन भइन्

त्यसपछि उनी फिल्ममा मेकअप आर्टिस्टको रुपमा काम गर्न थालिन । सिल्क स्मिता सुटिङका क्रममा हिरोइनको अनुहारमा टचअपको काम गर्थिन् । पछि विस्तारै उनले हिरोइन बन्ने सपना देख्न थालिन् ।

अन्ततः १९७८ मा उनले कन्नड फिल्म ‘बेदी’मा काम गर्न पाइनन् । त्यसपछि उनलाई ठूलो ब्रेक भने ‘वांडीचक्रम’ले दियो । यस फिल्मको सफलतापछि उनी चर्चाको शिखरमा पुगिन् ।

एक दिनमा तीन सिफ्टमा काम

उनको लोकप्रयता कतिसम्म थियो भने, निर्देशकहरु एउटै मात्र गीतमा भएपनि सिल्क स्मितालाई राख्न चाहन्थे । यस्तो अवस्थामा उनी एकै दिनमा तीन-तीन शिफ्टमा काम गर्थिन् ।

हरेक सुपरस्टार दिवाना

उनी एक गीतका लागि त्यसबेला भारु पचास हजार रुपैयाँसम्म लिने गर्थिन् । दक्षिण भारतिय सुपरस्टार शिवाजी गणेशन, रजनीकान्त, कमल हासन, चिरन्जीविसम्म आफ्नो फिल्ममा उनलाई लिन चाहन्थे, केवल एउटै गीतमा भएपनि ।

दुखद ‘इन्डिङ’

सिल्कले केही हिट फिल्म दिइन् । तर, धेरैजसोले उत्साह भर्न सकेन । खासमा उनले निर्मात्री बनेर केही फिल्ममा पैसा लगानी गरिन् । त्यो पैसा बालुवामा पानी सरह भयो । फिल्ममा लागेको घाटाले उनलाई मानसिक रोगी बनायो । यसैबीच एकदिन उनलाई सिलिङको पंखामा झुन्डिएको अवस्थामा भेटिए । त्यसबेला उनको उमेर ३५ बर्षको मात्र थियो ।

  • १९ मंसिर २०७४, मंगलवार ०६:१७ प्रकाशित
  • Nabintech