१३ बैशाख २०८१, बिहीबार
समृद्धिको लागि समुदायको साथ चाहिन्छः खड्का
  • काँचुली खबर

प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य (सासद) कृष्णध्वज खडकाले समृद्दिका लागि समुदायको साथ अपरिहार्य भएको बताएका छन ।
बुधबार प्युठान नगरपालिका-९ बुढादेबीमा आयोजित बिसन भण्डारी स्मृति प्रतीक्षालय उदघाटन गर्दै उनले समुदायको अपनत्व हुने गरि बिकास गतिविधि अघि बढाएमा समृद्धि हासिल गर्न सहज हुने उल्लेख गरे । जनता बिचको मतभेदलाई एकताबद्ध गरि सामुहिक रुपमा गाउटोलको बिकासमा लाग्न उनले अपिल समेत गरे । समाज निर्माणको भुमिकामा यहाको सक्षम जनशक्ति बिदेश पलायन हुनबाट रोकि यहि रोजगारका अवसर सिर्जना गर्न सबै क्षेत्रबाट पहल आवश्यक रहेको उनको भनाइ छ ।
कृषिका धेरै सम्भावना भएको क्षेत्र भएकाले ब्यबसायिक कृषि उत्पादनमा जोडिन साम्सद खड्काले आग्रह गरे । बुडादेबिलाइ कमला, सुन्तला , अलौची, अदुवा पकेट क्षेत्रको रुपमा बिकास गर्न सकिने औलाउदै उनले यसका लागि प्रदेश सरकारको श्रोत सदुपयोग गर्न समेत सुझाव दिए । जग्गा नभएकाहरुलाई जग्गा लिजमा लिएर व्यावसायिक खेती गर्ने कृषकलाई प्रदेश सरकारले सहयोग गर्ने भएकाले स्रोत र साधनको अभावमा नरोकिन समेत जनतालाई आग्रह गरे ।
अर्को प्रसङ्गमा उनले प्युठान जिल्लालाइ राजमार्गको कनेक्टभिटीमा जोड्न मदन भन्डारी राष्ट्रिय राजमार्गले सहयोग पुग्ने उल्लेख गरे ।
नगरपालिकाको समग्र बिकासका लागि गुरु योजना निर्माणको तयारी भैरहेको मेयर अर्जुन कुमार कछेपतीले बताए । उनले भने हामीलाई जनताले दियको म्यान्डेट अनुसार जनताले अनुभुती गर्ने खालका योजान तथा कार्यक्रम अगाडि बढाउने जानकारी गराए उनले भने एक गाउँ एक उत्पादनको अबधारणालाइ अगाडि सारेकोले सबैलाई उत्पादनमा जोडिन समेत आग्रह गरेका छन । ५ वर्ष भित्र नगर भित्र भएका करिब २ हजार खरका छना मुक्त बनाउने बताए । त्यस्तै उक्त कार्यक्रममा समाजसेवी बुद्धिजीवी राजनीतिक दलका प्रतिनिधि पत्रकार लगाएतले बिसन भण्डारीले गरेका असल कामको चर्चा गरेका थिए । स्थानीयको चन्दाबाट एक लाख उन्चास हजार र नगरपालिकाको पचास हजार गरि १ लाख ९९ हजारको लागतमा प्रतीक्षालय निर्माण गरिएको हो ।
बिसन भण्डारी स्मृति प्रतीक्षालय निर्माण समितीका अध्यक्ष सुर्य बहादुर के सीको अध्यक्षतामा शुरु भएको कार्यक्रम प्रमुख अथिती प्रदेश सासद कृष्णध्वज खडका विशेष अतिथी प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपति रहेका थिए । भने बोम बहादुर भण्डारीको स्वागत गरेको कार्यक्रमको संचालन बिकास केसिले गरेका थिए ।

  • ३१ आश्विन २०७५, बुधबार १५:२९ प्रकाशित
  • Nabintech