१७ बैशाख २०८१, सोमबार
नेकपा जिल्ला कार्यदल बाकेको पहिलो बैठक सम्पन्न
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) जिल्ला कार्यदल बाँकेको पहिलो बैठक बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । कार्यदल बनेपछि सम्पन्न भएको बैठकले बिभिन्न निर्णय गरेको छ ।
बिहिवार बसेको बैठकले कार्यालय, कार्यालय सचिव र दशैं पर्वको अवसरमा गरिने शुभकामना आदानप्रदान कार्यक्रमका बिषयमा निर्णय गरेको नेकपाले जानकारी दिएको छ । बैठकले पूर्व नेकपा एमाले बाँकेको पासांगल्हामु रोडस्थित पार्टी कार्यालयलाई नेकपाको पार्टी कार्यालयका रुपमा राखने निर्णय गरेको छ । यस्तै पार्टीको कार्यालय सचिवका रुपमा ऐनबहादुर हमाललाई जिम्मेवारी दिएको छ । हमाल पूर्व नेकपा एमालेको जिल्ला कमिटि सदस्य तथा कार्यालय सचिव हुन ।
कार्यालय सचिव हमालका अनुसार बैठकले दशैं, तिहार, छठ जस्ता पर्वहरुको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरी आमनगारिकसम्म पुग्नका लागि मातहतका संगठन र जनबिर्गय संगठनलाई निर्देशन दिने निर्णय गरेको छ । कार्यदलको बैठकमा कार्यदल सदस्य अशोक कोईराला, प्रकाश सुवेदी (चन्द्रकान्ता), अकल बहादुर बम र गोपाल गिरी रहेका छन् ।
नेकपाका केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको आतिथ्यतमा बैठक सम्पन्न भएको थियो । बैठकमा बोल्दै यादवले जनजिविकाका सवालमा पार्टी पंक्तिलाई खरो रुपमा उतार्नुपर्ने बताए ।

  • २५ आश्विन २०७५, बिहीबार २१:५४ प्रकाशित
  • Nabintech