एजेन्सी । सन् २०२५ को जुलाई ३ मा नासाका अन्तरिक्ष यात्री निकोले एयर्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट खिचेको एउटा तस्बिरले वैज्ञानिक वृतमा ठूलो कौतुहलता सिर्जना गर्यो।
सुरुमा यो तस्बिरलाई ‘स्प्राइट’ भन्ने ठानियो। तर पछि यसलाई ‘जायन्टिग जेट’ नामक अझ दुर्लभ प्रकारको ट्रान्सियेन्ट लुमिनस इभेन्ट (टिएलीइ) भएको पुष्टि गरियो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
स्प्रिटाकुलर परियोजनाकी प्रमुख अनुसन्धानकर्ता डा. बुरकु कोसरले यो दृश्यका बारेमा भनिन् ‘निकोले एयर्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट टीएलईको एउटा दुर्लभ र अद्भुत स्वरूप जायन्टिक जेट कैद गरेकी छिन्, जुन निकै दुर्लभ र विज्ञान खोजका लागि अद्भुत क्षण हो।’
के हो जायन्टिक जेट ?
जायन्टिक जेट मेघगर्जन भएको बादलको माथिल्लो भागबाट सुरु भएर माथिल्लो वायुमण्डलसम्म फैलिने एक शक्तिशाली विद्युतीय निर्वहन हो । यो घटना प्रायः आकस्मिक रूपमा देखिन्छ र कहिलेकाहीँ विमानबाट यात्रा गर्ने यात्रुहरूले देख्छन् वा अन्य घटनाका लागि लक्षित क्यामेरामा अनायासै कैद हुन्छ।
यो तब उत्पन्न हुन्छ जब अग्ला बादलका धब्बाहरु भएको अशान्त परिस्थितिले बिजुलीलाई बादलभित्रै सीमित नराखी सिधै माथि अन्तरिक्षतर्फ पठाउँछ। यसले करिब २० किलोमिटर उचाइमा रहेको बादलको माथिल्लो भाग अर्थात टुप्पो र करिब १०० किलोमिटरमाथि रहेको माथिल्लो वायुमण्डलबीच एउटा विद्युतीय पुल निर्माण गरी ठूलो मात्रामा विद्युतीय चार्ज स्थानान्तरण गर्छ, अनि यस्तो दृश्य देखिन्छ।
स्प्राइट र जायन्टिक जेटबीचको भिन्नता
स्प्राइट अर्को एक प्रकारको टीएलई हो, जुन जायन्टिक जेटभन्दा धेरै देखिन्छ। यो पृथ्वीको सतहबाट करिब ८० किलोमिटर (५० माइल) माथि, मेसोस्फियर क्षेत्रमा, मेघगर्जन भएको बादलको माथि देखिने छोटो र रंगीन चमक हो।
जायन्टिक जेटचाँही बादलको टुप्पाबाट सिधै माथितर्फ निस्कन्छ र वायुमण्डलको माथिल्लो तहसम्म पुग्छ। स्प्राइटचाँहि बादलको टुप्पोबाट सिधै निस्केर माथि जानेभन्दा पनि यो वायुमण्डलको अझ माथिल्लो भागमा, शक्तिशाली बिजुली चम्केपछि स्वतन्त्र रूपमा देखा पर्छ। स्प्राइट प्रायः रातो रङको आभा जस्तो देखिन्छ, जसको आकार ‘जेलीफिस’, ‘स्तम्भ’ वा ‘गाजर’ जस्तो हुन सक्छ। यो सयौँ किलोमिटर क्षेत्रफलसम्म फैलिन सक्छ।
यी सबै टीएलईहरूले उच्च उचाइको विद्युतीय क्रियाकलापलाई अझ आकर्षक र मनमोहक बनाउँछन्। वैज्ञानिकहरूले यस्ता दुर्लभ घटनाहरूको अध्ययन गरेर पृथ्वीको वायुमण्डल र त्यसको माथिल्लो तहमा हुने विभिन्न विद्युतीय अन्तरक्रियाबारे थप जानकारी प्राप्त गर्ने प्रयास गरिरहेका हुन्छन् र यस्ता दुर्लभ दृश्यले विज्ञान खोजमा चासो राख्नेहरुको मानसपटलमा अमिट छाप छोड्ने गर्छ।
३१ श्रावण २०८२, शुक्रबार १४:२३ प्रकाशित