पब्जी विश्वकपमा नवौं भएको नेपाली टिमले जित्यो डेढ करोडभन्दा बढी पुरस्कार
  • काँचुली खबर

१९ साउन, काठमाडौं । नेपालको पब्जी टिम होराले इ स्पोर्टस विश्वकप अन्तर्गत पब्जी मोबाइलमा नवौं स्थान प्राप्त गरेको छ।

यो सफलता प्राप्त गरेसँगै होराले १ लाख २७ हजार ५ सय अमेरिकी डलर अर्थात एक करोड ७८ लाख रुपैयाँ पुरस्कार जित्यो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पब्जी मोबाइलको विश्वकप भने म्यानमारको वाइजी इ स्पोर्टसले जितेको छ। साउदी अरेबियामा जारी विश्वकपमा होराले समग्रमा १८ खेलमा एक सय अंक जोडेको हो। अन्तिम दिन होरोले चिकन डिनर जितेको थियो।

होराले ग्रुप स्टेजमा २७ हजार ५ सय, सर्भाइबल स्जेजमा २५ हजार डलर, शो म्याचको १५ हजार डलर र फाइनलको नवौं स्थानमा रहँदा ६० हजार डलर पुरस्कार हात पारेको हो।

होरा लिगल चरणमा शीर्ष आठ भित्र परेको थिएन। सर्भाइल स्टेजमा प्रतिस्पर्धा गरेको होराले यो स्टेजमा जित हात पारेर फाइनलमा स्थान बनाएको थियो। सर्भाइभल स्टेजमा शीर्ष आठमा रहने टिम फाइनल पुग्ने नियम थियो।

  • २० श्रावण २०८२, सोमबार १६:५८ प्रकाशित
  • Nabintech