डब्लुएमएसी वेल्समा नेपालका सन्जितलाई स्वर्ण र रजत
  • काँचुली खबर

१० मंसिर, काठमाण्डौं । नेपालका सन्जितकुमार राई डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक जितेका छन ।

युकेको इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा आइतबार भएको प्रतियोगितामा सन्जितले एक स्वर्ण र एक रजत जितेका हुन । उनले क्रिएटिभ फम्सको मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायलमा स्वर्ण जितेका छन । यस स्पर्धामा उनले २६.७ अङ्क जोडेका थिए ।

उनले ट्रेडिसनल फम्सको मिक्स ब्ल्याकवेल्टमा रजत जित्ने क्रममा २६.४ स्कोर गरे । प्रतियोगितामा विश्वका चार सय ५० खेलाडीको सहभागिता रहेको थियो । नेपाल उमा कुङफु सङ्घको अध्यक्ष समेत रहेका सन्जितले प्रतियोगिताको क्रममा डब्लुएमएसी वेल्सका अध्यक्ष क्रिस स्पाक्र्ससँग पनि भेट गरेका थिए ।

सन्जितको यो पाँचौँ अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण र एक कांस्य तथा सन् २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा एक स्वर्ण जितेका थिए ।

  • १० मंसिर २०८१, सोमबार १७:३४ प्रकाशित
  • Nabintech