चिकित्सकले ‘पोस्टमार्टम’ गरीसकेका ब्यक्ती जीवितै भेटिए
  • काँचुली खबर

७ मंसिर, राजस्थान । भारतको राजस्थानमा एउटा अनौठो घटना भएको छ । मृत भनेर चिकित्सकले शव परीक्षण (पोस्टमार्टम) समेत गरिसकेका व्यक्ति जीवित पाइएको छ ।

यो घटना राजस्थानको झुंझुनु भन्ने स्थानमा भएको हो । रोहिताश नाम परेका एक दिव्याङ्ग तथा मानसिक रोगी एउटा आश्रय केन्द्रमा रहँदै आएका थिए । बिहीबार बिहान उनी बेहोस भएपछि अस्पताल लगिएको थियो ।

‘बीडीके’ नाम गरेको सरकारी अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषितमात्र गरेनन्, पोस्टमार्टम समेत गरे ।

उनको शव केहीघण्टा अस्पतालकै शवगृहमा समेत राखिएको थियो । आवश्यक प्रक्रिया पूरा गरी अस्पतालले शव हस्तान्तरण गरेको थियो ।

दाहसंस्कारमा घाटमा लगिसकेको अवस्थामा त्यहाँ भेला भएका व्यक्तिले मृत भनिएका रोहिताशले सास फेरेको देखे । लगत्तै उनलाई अस्पतालमा ल्याएर आईसीयूमा राखेर उपचार गरिएको छ ।

घटनाबारे जानकारी पाए लगत्तै प्रहरीले यसबारे अनुसन्धान थालेको छ । यस क्रममा रोहिताशलाई मृत घोषणा गर्ने तथा पोस्टमार्टम गर्ने लगायत तीन चिकित्सकलाई निलम्बन गरिएको छ । घटनाबारे थप अनुसन्धान तथा कारबाही प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

-एजेन्सी

  • ७ मंसिर २०८१, शुक्रबार १३:३० प्रकाशित
  • Nabintech