५ मंसिर, काठमाडौं । छैठौं संस्करणको यु-२० महिला साफ च्याम्पियनसिप बंगलादेशमा आयोजना हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को प्रतियोगिता सञ्चालन समितिको बुधबार बसेको बैठकले यु-२० महिला साफ बंगलादेशमा गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता आगामी फेब्रुअरी ११ देखि १९ सम्म हुनेछ ।
प्रतियोगिताको गत संस्करणको भारत र बंगलादेश संयुक्त रूपमा विजेता बनेका थिए ।
त्यसैगरी बैठकले साफ पुरुष यु-१९ च्याम्पियनसिप २०२५ नोभेम्बर ५ देखि १५ गतेसम्म भारतमा गर्ने निर्णय समेत गरेको छ ।
५ मंसिर २०८१, बुधबार १७:०० प्रकाशित