अलग भए मलाइका अरोरा र अर्जुन कपुर
  • काँचुली खबर

काठमाडौं । बलिउड प्रेम जोडी मलाइका अरोरा र अर्जुन कपुर अलग भएका छन् । उमेर अन्तर भएपनि उदाहरणीय जोडीको रुपमा चर्चित उनीहरुले ‘सम्मानजनक’ ढंगले प्रेम सम्बन्ध टुंग्याएको स्रोतलाई उद्धृत गर्दै बलिउड पोर्टल पिंकभिल्लाले जनाएको छ ।

स्रोतले भन्यो, ‘मलाइका र अर्जुनको धेरै विशेष सम्बन्ध थियो र दुवैले एकअर्काको हृदयमा विशेष स्थान राख्नेछन् । उनीहरूले अलग हुने बाटो रोजेका छन् । यस विषयमा मर्यादित मौनता कायम राख्नेछन् । अलग हुने निर्णय गरे पनि उनीहरूले एकअर्कालाई समान सम्मान दिनेछन् ।’

अर्जुन र मलाइकाको सम्बन्धको चर्चा सन् २०१८ देखि सुरु भयो, जब उनीहरु एकसाथ एक फेसन शोमा सँगै देखिए । मलाइकाको ४५ औं जन्मदिनमा उनीहरुले सम्बन्धलाई सार्वजनिक गरे । त्यसपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थाले । ‘कफी विथ करण’मा अर्जुनले प्रेम जीवनलाई नयाँ योजनामा लैजानेबारे कुरा गरेका थिए ।

कामको कुरा गर्दा अर्जुनले रोहित शेट्टी निर्देशित ‘सिंघम अगेन’मा भिलेनको रुपमा अभिनय गर्दैछन् । ‘कमिक क्यापर’मा उनीसँगै वरुण धवन र दिलजीत दोसाँझ पनि छन् । अर्कोतर्फ मलाइकाले विज्ञापन एन्डोर्समेन्ट र रियालिटी शोमा काम गरिरहेकी छिन् ।

  • १८ जेष्ठ २०८१, शुक्रबार १५:०९ प्रकाशित
  • Nabintech