अल्लु अर्जुनमाथि फौजदारी मुद्दा दर्ता
  • काँचुली खबर

३० वैशाख, एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनमाथि फौजदारी मुद्दा दायर भएको छ ।

आफ्ना निकट मित्र र वाईएसआरसीपीका विधायक रवि चन्द्र किशोर रेड्डीको लागि चुनावी प्रचारप्रसार गर्दा उनीमाथि मुद्दा लागको हो । अल्लु लोकसभाको निर्वाचनको प्रचारप्रसार गर्न नन्दयाल पुगेका थिए ।

रवि चन्द्राको आवासमा अभिनेतालाई हेर्नेको घुइँचो थियो । फ्यानहरुको भीड यति धेरै थियो कि शान्ति व्यवस्था कायम गर्न अप्ठ्यारो भयो भने ट्राफिक जाम पनि भयो । यसका कारण सर्वसाधारणले निकै सास्ती भोग्नु पर्‍यो ।

सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार अभिनेता अल्लु अर्जुन र रवि चन्द्र किशोर रेड्डीको टोलीले चुनाव प्रचारप्रसारका लागि कुनै अनुमति लिएका थिएनन् । त्यसैले दुबैमाथि आईपीसीको धारा १८८ अनुसार मुद्दा दायर गरिएको छ ।

चुनाव प्रचारप्रसारमा अल्लु अर्जुनसँगै उनकी श्रीमती स्नेहा पनि थिइन् । ठुलो भीडका कारण मामिला अनियन्त्रित बनेपछि मुद्दा दर्ता भएको बताइएको छ । हाल यस सम्बन्धमा थप जानकारी प्राप्त भएको छैन ।

  • ३० बैशाख २०८१, आईतवार १५:४६ प्रकाशित
  • Nabintech