पाकिस्तानसामु निरिह भारत, प्रमुख ४ ब्याटर आउट
  • काँचुली खबर

१६ भदौ, काठमाण्डौं । पाकिस्तानका तीव्र गतिका बलरका सामु भारतीय खेलाडीहरु निरीह देखिएका छन । एशियन कपको दोस्रो खेलमा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २३ ओभरमा ४ विकेट गुमाउँदै १२२ रन बनाएको छ ।

भारतका प्रमुख ब्याटर विराट कोहली सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको बलमा एज लाग्दै विराट बोल्ड आउट हुन पुगेका थिए । त्यसअघिको ओभरमा अफ्रिदीले कप्तान रोहित शर्मालाई सानदार बोल्ड आउट गरेका थिए ।

अफ्रिदीको पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा ११ रनमा बोल्ड आउट भए । वर्षाको कारण रोकिएपछि फर्किएको तेस्रो बलमै अफ्रिदीले रोहितलाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए ।

हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए । रौफको दशौं ओभरको पाँचौं बलमा श्रेयस ऐर मिड विकेटमा उत्कृष्ट आउट आउटको शिकार हुन पुगे । ऐरले ९ बलमा २ चौका प्रहार गरे ।

हरिस रौफले युवा ओपनर शुभमन गिललाई १० रनमा बोल्ड आउट गरेका छन् । हरिस रौफको गतीको चाल पाउन नसक्दा उनी ३२ बलमा १ चौकासहित १० रनमा बोल्ड आउट हुन पुगे । भारतका विकेटकिपर ईशान किशन १४ र हार्दिक पान्ड्या ५ रनमा क्रिजमा छन् । यी दुई खेलाडी भारतका अन्तिम आशा हुन् ।

यसअघि रविन्द्र जडेजा र शार्दुल ठाकुर आउनेछन् । यी दुई अलराउन्डर हुन् । त्यसपछि कुलदीप यादव, बुमराह र शिराज हुनेछन् । तीन बलर ब्याटिङका लागि भने चिनिदैनन् ।

  • १६ भाद्र २०८०, शनिबार १८:०९ प्रकाशित
  • Nabintech