१९ बैशाख २०८१, बुधबार
सुन तस्कर ‘गोरे’को मोरङ अदालतमा बयान शुरु
  • काँचुली खबर

काठमाडौं / काँचुली खबर

 ३३ के.जी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मानिएका गोरे भनिने चूडामणी उप्रेतीको बयान सुरु भएको छ । हिजो अबेर जिल्ला अदालतमा गोरेलाई पेश गरिएकाले आज जिल्ला अदालत मोरङमा थुनछेक बयान सुरु गरिएको हो ।

जिल्ला अदालतले हिजोमात्र ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश जारी गरेको थियो । सरकारद्वारा गठित छानबिन समितिको टोलीले हिजो काठमाडौंमा मुख्य अभियुक्त भनिएका गोरेलाई पक्राउ पछि सार्वजनीक गरेको हो ।

कडा सुरक्षाकाबीच विराटनगर पु¥याइएका गोरेलाई आज अदालतले सुन तस्करी र उनीमाथि लागेको आरोपको बिषयमा बयान लिदैछ । गोरेको बयान सकिएपछि थुनछेक बहस हुने जिल्ला अदालतले जनाएको छ ।

गोरेलाई मुख्य अभियुक्तको रुपमा हेरिएकाले उनले दिने बयानमा घटनामा संलग्न थप व्यक्तिहरुको खुलासा हुनसक्ने भएकाले यसलाई अन्य व्यक्तिको पोल खुल्ने रुपमा हेरिएको छ ।

गोरेले भने यसअघि सामाजिक सञ्जालमा लाइभ दिँदै आफुले आत्मसमर्पण गर्न चाहेको र आफ्नो ज्यानलाई खतरा रहेको बताएका थिए । गोरेले सुन तस्करीमा आफु व्यवस्थापक मात्रै भएको संकेत दिँदै सुन प्रकरणको मुख्य योजनाकार एसएसपी श्याम खत्री रहेको बताएका थिए । सुन तस्करीका मुख्य योजनाकार भनिएका एसएसपी खत्री अझै फरार छन् ।

  • ९ जेष्ठ २०७५, बुधबार १४:४७ प्रकाशित
  • Nabintech