३ असोज, नेपालगन्ज । जेन-जी आन्दोलनको क्रममा लुम्बिनी प्रदेशमा १३१ सरकारी कार्यालय र ७३ निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको प्रारम्भिक विवरण प्रहरीले सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा...
३ असोज, बर्दिया । जेन-जी आन्दोलनका क्रममा मेयरको कुर्सीमा बसेर आफैलाई मेयर घोषणा गरेका एक युवा पक्राउ परेका छन्। बर्दियाको गुलरिया नगरपालिकाको कार्यालयमा प्रवेश गरी नगरप्रमुखको कुर्सीमा बसेर ‘म अबदेखि नगरप्रमुख हुँ’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका...
१ असोज, नेपालगन्ज । जेनजी आन्दोलन क्रममा लुम्बिनी प्रदेशका पनि ३ युवाको मृत्यु भयो । भदौ २३ गतेको आन्दोलनमा गोली लागेर घाइते भएका बाँके नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोझी निवासी सुलभराज श्रेष्ठ, सोही स्थानका आयुष थापा र अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-४...
१ असोज, दाङ । भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवाको माग गर्दै भदौ २३ गते जेनजी पुस्ताले देशव्यापी आन्दोलन थालेपछि राजधानी काठमाडौं, जिल्ला स्तरका सरकारी कार्यालय, पार्टी कार्यालय र नेताहरूका घर-घरमा आक्रमण भयो । सिंहदरबार,...
३१ भदौ, काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको...
३१ भदौ, काठमाण्डौं । जनमत पार्टीले आफ्नै पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले मधेश प्रदेशसभामा त्यस विषयमा औपचारिक पत्र मंगलबार दर्ता गराएका छन् । ‘हाम्रो दल...
३१ भदौ, कोहलपुर । मजदुरीका लागि भारतमा रहेका चारजना नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ। भारतको हिमाचल प्रदेशको सिमला कोटखाईमा भएको जिप दुर्घटनामा परी सल्यानका कुमाख गाउँपालिकाका चारजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा एकै परिवारका तीनजना छन्। सोमबार...
३० भदौ, काठमाडौं । सरकारले पर्सि (१ असोज)मा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका...
३० भदौ, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत...
३० भदाै, काेहलपुर । बाँकेमा चितुवाको आक्रमणमा परि एक जना महिलाको ज्यान गएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ सिनावाझ निवासी ४५ बर्षिया लक्ष्मी थारुको चितुवाको आक्रमणबाट मृत्युु भएको हो । डिभिजन वन कार्यालयका अनुसार राप्तीपारी च्याउ टिप्न जाने...