२३ मंसिर, कोहलपुर । कोहलपुर महोत्सवलाई भब्य रुपमा सम्पन्न गराउन सबै खाले सहयोग गर्ने कोहलपुरमा क्रियाशिल राजनितिक दलहरुले प्रतिवद्धता जनाएका छन । सोमबार उद्योग वाणिज्य संघको पहलमा भएको सर्वपक्षिय बैठकमा महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्न सबैले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।
महोत्सवलाई विधिसम्मत र मर्यादितरूपमा सञ्चालन गर्न सबैको सहयोग आवश्यक रहेको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले बताए । कोहलपुुर क्षेत्रको आर्थिक गतिविधिलाई बढावा दिन महोत्सव सफल हुने विश्वास ब्यक्त गर्दै अध्यक्ष भट्टराईले सबैको अपनत्व हुनेगरी अगाडी बढिएको बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पुस ९ देखि १८ सम्म महोत्सव
कोहलपुर उद्योग वाणिज्य संघको आयोजना र व्यवस्थापनमा हुन लागेको कोहलपुर महोत्सव-२०८२ को तयारी तिब्र पारीएको छ । “दिगो विकासको उत्सव” भन्ने मूल नारासहित पौष ९ देखि १८ गतेसम्म कोहलपुर न्युरोड खुल्ला मैदानमा महोत्सव सञ्चालन हुने भएको हो। यस वर्ष विशेष तयारीका साथ महोत्सव भव्य बनाउने तयारी भईरहेको छ ।
कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानका लागि २०६५ सालदेखि निरन्तर रूपमा कोहलपुर आयोजना संचालन हुँदै हुँदै आएको छ । यस वर्षको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ का केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्ने भएका छन्।
महोत्सवमा विविध लघु, घरेलु तथा साना-ठूला उद्योग-व्यवसायका उत्पादन, हस्तकला तथा कृषि-पशुजन्य उत्पादन, विद्यालयस्तरीय शैक्षिक र विज्ञान प्रदर्शनी, सूचना-सञ्चार प्रविधिका नयाँ आयाम, लोकसाँस्कृतिक प्रस्तुति, नयाँ प्रतिभा खोजी प्रतियोगिता, महिला विशेष कार्यक्रमका साथै स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुको प्रस्तुती महोत्सवको आकर्षणका रुपमा रहनेछन । महोत्सवले यस क्षेत्रको व्यावसायिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
समन्वय, तयारी र अपेक्षा
महोत्सवलाई सफल बनाउन संघले स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्य संस्था र अन्य सरोकारवाला पक्षहरूसँग सघन समन्वय गरिरहेको छ । सबै प्रशासनिक प्रक्रिया सचिवालयमार्फत प्रभावकारी ढंगले अगाडि बढाइएको छ ।
आयोजकका अनुसार, यस महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, प्रविधिको हस्तान्तरण, कला-संस्कृति संरक्षण, र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिनेछ । कोहलपुरलाई प्रदेशकै प्रमुख व्यापारिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो महोत्सवलाई यस वर्ष अझ व्यवस्थित, समावेशी र सहभागीमूलक बनाइने तयारी छ ।
कोहलपुर उद्योग वाणिज्य संघले महोत्सवका माध्यमबाट स्थानीय उद्यमीको क्षमतावृद्धि, व्यवसायिक वातावरण विस्तार तथा समग्र क्षेत्रको दिगो आर्थिक प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
यसैबिच कोहलपुर उद्योग वाणिज्य संघको तालाबन्दी खुलेको छ । विधिपूर्वक महोत्सव संचालन हुनुपर्ने भन्दै नेकपा एमाले निकट भातृ संगठन युवा संघले सोमबार वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरेको थियो । सबै राजनितिक दल र सरोकारवाला निकायहरुसँगको सर्वपक्षिय बैठकपछि मंगलबार संघमा लागेको ताला खुलेको हो ।
२४ मंसिर २०८२, मंगलवार १७:५७ प्रकाशित