कोहलपुर नगरपालिका-११ मा रहेका गन्दर्भ परिवारलाई नगरपालिकाले मंगलबार ४ लाख ९८ हजार बराबरको जस्ता पाता वितरण गरेको छ । १० घरपरिवारका घरहरु केही समय अघि आएको आँधिहुरीले फुसको छानो उडाएपछि...
२२ असारमा बाँकेको डुडुवा गाउँपालिकाका इन्जिनियर तेजराज खड्का एक लाख रुपैयाँ घुससहित एक रेस्टुराँबाट समातिए । त्यसको सातादिनअघि १५ असारमा बैजनाथ गाउँपालिकाका इन्जिनियर मजिद खाँ २५ हजार रुपैयाँ घुससहित कोहलपुरबाट अख्तियारको फन्दामा परेका थिए । यी...
मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले दैनिक २० हजार रुपैयाँको मौसमी बेलुन उडाउँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम...
नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गैंडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी काठमाडौंको विशेष टोलीले उक्त रेष्टुरेन्टमा खानतलासी गर्दा गैँडाको खागजस्तो देखिने वस्तुसहित २२ वर्षीय...
नेपालगञ्जको सदरलाइन क्षेत्र विस्तारका क्रममा डोजर चलाएर काम गरिँदै लोकबहादुर सुनार ३ चैत्र २०६८ मा नेपालगञ्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर आए । ‘म त स्थानीय । नेपालगञ्जको विकास गर्न कुनै कसर बाँकी राख्दिन’, उनी भन्ने गर्थे । नेपालगञ्जको ‘मुहार...
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताएका छन् । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५-०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको...
रेमिट्यान्स भुक्तानी गर्ने व्यवस्थाबारे बैंक र रेमिट्यान्स कम्पनीबीचको विवादले बैंक खातामामात्र रेमिट्यान्स भुक्तानी गर्ने नेपाल राष्ट्र बैंकको घोषणा अलपत्र परेको छ । राष्ट्र बैंकले चार वर्षअघि नै बैंक खाताबाट मात्र रेमिट्यान्स भुक्तानी गर्न निर्देशन...
एकीकृत सम्पत्ति करको बारेमा बाँकेका सबै स्थानीय तहका जनप्रतिनिधि तथा लेखाका कर्मचारीलाई अभिमुखिकरण गरिएको छ । जिल्ला समन्वय समिति बाँकेले संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयको आर्थिक सहयोगमा बाँकेका आठवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष,...
अस्वस्थ मासु, मिसावट भएको खाद्यान्न तथा म्याद नाघेका पेय पदार्थको बिक्री खुला रूपमै हुँदै आएको बाँकेका विभिन्न बजारमा अहिले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधी जस्तो महत्वपूर्ण सामानको बिक्रीमा पनि खेलबाड गर्ने गरिएको पाइएको छ । बाँकेका विभिन्न...
कम्प्युटर एशोसियसन नेपाल महासंघका बरिष्ठ उपाध्यक्ष नवराज कुवँरले ग्रामिणक्षेत्रलाई सूचना प्रविधिको पहुँचमा पुर्याउन आवश्यक रहेको बताएका छन् । त्यसैका लागि प्रदान गर्ने प्राविधिक तर्फको छात्रबृतिमा ग्रामिणक्षेत्रका गरीव, जेहेन्दार विद्यार्थीलाई...