७ बैशाख २०८१, शुक्रबार
छाला र जिन्स कपडा उद्योग कोहलपुरमा सञ्चालन
  • काँचुली खबर

कोहलपुर – कोहलपुरमा पहिलो पटक छाला तथा जिन्सको झोला र पाईन्ट उत्पादन उद्योग सञ्चालनमा आएको छ ।

कोहलपुर १० का स्थानीय भरत केसीले आरके टेक्सटाईल उद्योगमार्फत झोला र जिन्स पाईन्टको उद्योग सञ्चालनमा ल्याएका हुन् । ५० लाख लगानीमा उक्त उद्योग संचालनमा आएको सञ्चालक केसीले जानकारी दिए । मंगलबार कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रप्रसाद अधिकारी र वडा नम्बर १० का अध्यक्ष निरज चलाउनेले उद्योगको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्योगमा अहिले ११ जनाले रोजगारी पाएका छन्, भने थप कामदार राखिने सञ्चालकले बताएका छन् । अब काठमाण्डौको मूल्यमा उद्योगबाट छालाको झोला र जिन्सको पाईन्ट, ब्याग पाईने केसीले जानकारी दिए ।

काचाँे कपडा समेत उद्योगबाट विक्रि वितरण हुने बताइएको छ । उद्योगमा १० वटा मेसिन राखिएको छ भने यहाँबाट उत्पादित झोला र जिन्सका पाईन्ट प्रदेश ५,६ र ७ मा खपत हुने केसीले जानकारी दिए ।

  • ८ श्रावण २०७५, मंगलवार १२:५३ प्रकाशित
  • Nabintech