१६ चैत्र २०८०, शुक्रबार
फ्रान्सबाट वाइडबडी विमान मकालु आइपुग्यो काठमाडौँ
  • काँचुली खबर

काठमाडौं – नेपाल वायु सेवा निगमको दोस्रो वाइडबडी ३३०–२०० सिरिजको विमान बिहीबार बिहान काठमाडौं आइपुगेको छ। फ्रान्सबाट उडेको ९ एन–एएलजेड कलसाइन भएको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

मकालु नाम दिइएको विमानको कल साइन ९ एनएलजेट छ । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए ।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।

कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

  • १० श्रावण २०७५, बिहीबार ११:२४ प्रकाशित
  • Nabintech