छोरा घरीघरीको तिम्रो प्रश्नले आज बोल्न विवश भएँ किन जिद्दी गर्छौ बाबू बाबा चाहियो भनेर ? कसैको झुटो प्रेमबाट फालिएकी तिम्रो पुरुषको नजरमा नपरेकी कुमारी आमा हुँ म । थाहा छ यो समाजले सोध्यो...
एउटा नयाँ वर्षले वर्षभरी आफ्ना कृत्य र कुकृत्यहरु सबै मञ्चन गरिसके पछि अर्कोको पालो आउने गर्छ अनि पुरानो भैसके पछि आफै बिदा लिएर जाने गर्छ घुमिरहने यो चक्रलाई नियालिरहेको छु धेरै वटा नयाँ वर्षहरुलाई यसरी नै पुरानो बनाएर पठाएको छु । नयाँमा केही नयाँपन...
सहरको नाम चलेको विद्यालयका प्रिन्सिपल थिए, दामोदर सर । उनी विद्यालयको वातावरण सुधार गर्न अनेकौं जुक्ति बुद्धि लगाउँथे । उनको चर्चा चौतर्फी फिंजिएको थियो । उनी कार्यकक्षमा बसेर आगामी शैक्षिक सत्रलाई कसरी सफल बनाउने बारे योजनाहरु बुनिरहेका थिए । 'प्रिन्सिपल...
'ए हजुर, सुन्नु न भन्या ! आज मलाई बजार जानुछ । घरको रेखदेख गर्नुहोला है ।' गंगाले श्रीमानलाई सुझाई । 'गंगा आज मलाई डिष्टर्व नगर न । म रजस्वाला भएको छु, क्या । मैले गर्भाधान गर्नुछ । एउटा असल सन्तानलाई जन्म दिनुछ ।' गंगालाई सम्झाउदैं थिए पर्वत । 'ह्य, क्या नचाहिने,...
‘हाम्रो अभियान, साहित्यिक पहिचान’ भन्ने मुख्य नाराका साथ बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा अवस्थित तक्षशिला एकेडेमीमा आइतबार ११६ औं रचना वाचन श्रृङ्खला सम्पन्न भएको छ । ११६ औं रचना वाचनको श्रृङ्खलामा यसपटक कविता लेखन कार्यशाला सम्पन्न भएको छ ।...
एक वर्षै लामो लव अफेयरले आकार ग्रहण गरेको पनि आज दुई वर्ष भएछ अर्थात दोस्रो बैवाहिक वर्ष गाँठ । पहिलो बैवाहिक वर्ष गाँठ मनाउँदाको भव्यता सम्झदै ओछ्यानमै दुई थोपा आँसु चुहायो, अनुजले । उसले यो पनि सम्झ्यो, बस दूर्घटनाका कारण स्पाइनल इन्जुरीले ओछ्यान परेको...
सात वर्ष अघि जिम्वाल खानदानमा जुनेली भित्रिंदा सबैले भाग्यमानी रहिछे भन्थे । नभन्दै खान लाउनको कुनै कमी थिएन । घरमा नोकर चाकर थिए । कामको पनि त्यति चटारो थिएन । सबै भरिपूर्ण हुँदा पनि जुनेलीलाई केही अभाव खट्किरहेको थियो । गाउँघर छरछिमेकमा पनि गाइँगुई...
दुर्गानन्द बाजेले पत्नीबाट सन्तान नभएको भन्दै कान्छी भित्र्याए । भगवानको लीला ! कान्छीबाट पनि सन्तान भएनन् । दुई सौताबिच मनमुटाव बढ्दै गयो । पत्नीहरुको मनमुटावको असर दुर्गानन्द बाजेमा गएर ठोकियो । बाजेले उपहार स्वरुपमा टेन्सन र डिप्रेसन पाए । बाजे...
विदाको दिन उत्सवले साथीको मोबाइल लोकेशन ट्रयापिङ्ग गर्यो । गोदावरी लोकेशन देखायो । कलेजको सबभन्दा मिल्ने साथी यसरी जानकारी बेगर घुम्न गएको कुराले चकित पर्यो । मनको कौतुहलता मेट्न फोन गर्यो, 'हेलो ! ओ गाइच कता ?' 'बोटानिकल पार्क, गोदावरी । गाइच ।' 'हामीलाई...
माघ महिनाको कुरा हुनुपर्छ । बाक्लो कुहिरो र चिसो उस्तै उस्तै थियो । कृष्ण सर्वहारि कलिङ भन्दै मोबाईलको घन्टी बज्दा म चिया पिउदै थिएँ । कृष्ण सर्वहारी कोहलपुर आउनुभएको रहेछ । कहाँ हुनुहुन्छ तपाईलाई भेट्न आउदै छु है ? सर्वहारी कोहलपुर नै हुनुहुदोरहेछ ।...