४ जेष्ठ २०८१, शुक्रबार
चिहानबाट लाश निकालेर यस्तोसम्म गर्छन….. (भिडियो सहित)
  • काँचुली खबर

मृत्यु नै मानिसको अन्तिम विन्दु हो भनिन्छ । तर, इन्डोनेशियाको एक समाजले भने यो भनाईलाई मान्दैन । किनकी उक्त समाजमा मृत्युपछि पनि जिन्दगीलाई कायम राख्ने चेष्टा गरिन्छ । आफ्ना परिवारका कोही पनि सदस्यको मृत्युपछि दाहसंस्कार नगरि शवलाई आफैसँग सम्हालेर राखिन्छ र चिहानमा गाडेका लाशलाई निकालेर श्रंगार गरिन्छ । पत्याउन सक्नुभएन ?

जन्मेपछि मर्नु स्वाभाविकै हो । तर मरेर गएपनि प्रियजनले भुल्न नसकी आफू वरपर नै रहेको अनुभूति गर्न सक्छन् । त्यसैले त होला समाजले मरेर गएका व्यक्तिको सम्झना र सम्मानमा अनेकौं रीतिरिवाज मनाउने गर्छन् । इन्डोनेसियाको ताना तोराजामा आफ्नो परिवारको मृतक सदस्यसँग जीवित सरह रहने अनौठो परम्परा छ ।

यो समूदायका मानिसले मृतकलाई बिरामी व्यक्तिका रुपमा मान्दै आएका छन् । त्यति मात्रै होइन उनीहरुले सुरक्षित राखेका लाशलाई दैनिक बिहानै नुवाईदिने र लुगा लगाइदिने र सँगै बस्ने लगायत दैनिक गरिने व्यवहार गर्छन् । अझ धेरै जसो त हरेक तीन वर्षमा गाडिएको लासलाई निकालेर सफा गरेर नयाँ कपडा लगाएर सजाउने र फोटो समेत खिच्ने गर्छन् ।

प्रत्येक तीन वर्र्षमा यहाँको मसानघाटमा उत्सवको माहोल हुन्छ । हाम्रो देशमा पितृलाई सम्झेर श्राद्ध गरिएझैं इन्डोनेसियाका यी इलाकामा चिहानबाट निकालेर मृत नातेदारको सम्झना गरिन्छ ।

 

  • १० आश्विन २०७५, बुधबार १९:२१ प्रकाशित
  • Nabintech