१३ बैशाख २०८१, बिहीबार
प्रधानाध्यापकको गोली हानी हत्या
  • काँचुली खबर

सुनसरीको भुताहामा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । स्थानीयहरुका अनुसार ११:४५ बजेको समय भारतीय नम्बर प्लेटमा सवार आएका दुईजनाले गोलि चलाउदा स्थानीय विद्यालयका प्रधानाध्यापक खुर्शिद आलमको घटनास्थलमै ज्यान गएको हो । अन्सारीको टाउकोमा ४ वटा गोली प्रहार गरिएको थियो।

गोली प्रहार गरी भाग्दै गरेको उक्त समुहलाई सिमा क्षेत्रमा नेपाली प्रहरी बलले रोक्ने प्रयास गरेपछि प्रहरीमाथि पनि गोली प्रहार भएको थियो। गोली लागेर एक जना प्रहरी घाइते भएका छन्। के कारणले गोली प्रहार भएको भन्ने बारे थाहा हुन सकेको छैन्। घटनाको पूर्ण विवरण आउन बाँकी छ।

  • ४ आश्विन २०७५, बिहीबार १६:४१ प्रकाशित
  • Nabintech