३१ बैशाख २०८१, सोमबार
काभ्रेमा तीजको दर खाँदा एक सयबढी बिरामी
  • काँचुली खबर

काभ्रे- काभ्रेको पाँचखाल नगरपालिका– १२ मा तीजको दर खाएका एक सयबढी बिरामी परेका छन् । ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो ठूलीचौरमा आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरू बिरामी परेका हुन् ।दर खाने कार्यक्रममा झण्डै चार सयजना सहभागी भएकोमा धेरैजसो बिरामी परेका छन् । बिरामी परेका मध्ये एक सयबढीलाई उपचारका लागि अस्पताल लगिएको छ । बिरामीलाई उपचारका लागि धुलिखेल अस्पताल, त्रिवेणी अस्पताल, शिरमेमोरियललगायतका अस्पतालमा पठाइएको छ भने केहीको पाँचखालस्थित क्लिनीकमा उपचार भइरहेको छ । बिरामी मध्ये तीन जनाको आइसीयूमा उपचार भइरहेको छ ।

डीएसपी दिपक गिरीका अनुसार पाँचखालमा शिविर नै खडा गरेर बिरामीको उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय र पाँचखाल प्रहरी चौकीको टोली शनिबार बिहान घटनास्थल पुगेर बिरामीहरुलाई उपचारको लागि पठाएको हो । बिरामी भएकाहरु महिला, पुरुष र बालबालिका छन् । बिरामीमा वान्ता आउने र पखला लाग्ने समस्या देखिएको छ ।                                                                                                                    Photo :- Janatasamachar.com

  • २३ भाद्र २०७५, शनिबार १३:५९ प्रकाशित
  • Nabintech