१९ बैशाख २०८१, बुधबार
सिटी बसपार्क दशैं अगाडि नै सञ्चालनमा ल्याउने तयारी
  • काँचुली खबर

सुर्खेत–वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगरमा निर्माण भइरहेको सिटी बसपार्क दशैं अगाडि नै सञ्चालनमा आउने जनाएको छ । बसपार्कमा सटर, टर्मिनल भवन र कालोपत्रे गर्ने काम सकिएको नगरपालिकाले जानकारी दिएको छ । बसपार्कको काम अन्तिम चरणमा पुगेकाले अबको डेढ महिनाभित्र बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । २०७२ माघ १४ मा २०७४ जेठ १४ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपछि बसपार्क समयमा बन्न सकेको छैन । बसपार्क निर्माणका लागि चाङ्गिला जेभी निर्माण कम्पनीले ६ करोड ८२ लाख ७५ हजार ८ सय ८९ रुपैयाँमा निर्माण सम्झौता गरेको थियो ।

  • २२ भाद्र २०७५, शुक्रबार १०:१४ प्रकाशित
  • Nabintech