१९ बैशाख २०८१, बुधबार
सुर्खेतको दुरपालमा जिप दुर्घटना हुदा १९ जना घाइते
  • काँचुली खबर

सुर्खेत,सुर्खेतको काफलकोट बाट बाखर्क आउदै गरेको लु २ च १९०९ नम्बरको जिप सुर्खेत सिम्ता गाउपालिका वडा न २ को दुरपाल भने ठाउँमा बिहान १० बजे तिर दुर्घटना हुदा १९ जना घाइते भएका छन ।

घाइते हुनेहरुमा दैलेख गुरास गाउपालिकाकि वर्ष २३ कि निर्मला खडका, सुर्खेत सिम्ता गाउपालिका वडा न २ वर्ष २२ का अशोक सिह र सोही ठाउका वर्ष ४४ का तिलक बुढा र जिप चालक गुर्भाकोट नपा ४ सहारे वर्ष ३० को दिनेश बिक सहित १९ जना घाइते भएका छन । ईलाका प्रहरी कार्यालय राकम वादेपिपलका अनुसार सबै घाइतेहरुको अवस्था सामान्य रहेको र उपचारको लागि नेपालगन्ज लगिएको ईलाका प्रहरी कार्यालय सुर्खेत राकमका सहि दामोदर अधिकारीले जानकारी दिनु भएको छ ।
दुर्घटना हुनाको कारण गाडिको क्राउन भाचिएकोले दुर्घटना भएको र जिप सडक बाट १० मिटर तल गएको छ

  • १८ भाद्र २०७५, सोमबार १९:०० प्रकाशित
  • Nabintech