१५ चैत्र २०८०, बिहीबार
आफ्नै श्रीमानबाट खुकुरी प्रहार
  • काँचुली खबर

विराटनगर महानगरपालिका -११ पिचरामा श्रीमानले बुधबार आफ्नै श्रीमती र छोरामाथि खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएका छन् । खुकुरी प्रहारबाट घाइते भएकी पुनम र मनिता । उनीहरुको उपचार कोशी अञ्चल अस्पतालमा भइरहेको छ ।

४२ वर्षिय दिलिप सहनीले ३७ वर्षिय श्रीमति पुनम, माइली छोरी २० वर्षिय मनिता र सालो सन्दिप सहनीमाथि खुकुरी प्रहार गरि घाइते बनाएका हुन् ।

खुकुरी प्रहारबाट पुनम गम्भिर घाइते भएकी छिन् । उनको कन्चटमा खुकुरी प्रहार भएको पुनमका भाइ सन्दिपले बताए । तीनै जनाको उपचार विराटनगरस्थित कोशी अञ्चल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । छोरी मनिताको टाउँकोमा आठा टाचा लगाएको छ । ‘भिनाजुले एक्कासी दिदीमाथि खुकुरी प्रहार गर्नुभयो,’ अस्पतालमा उपचार भइरहेको सन्दिपले भने, ‘छुटयाउन जाँदा भान्जी मनिता र मलाई पनि खुकुरी प्रहार गर्नुभयो । मेरो हातमा चोट लाग्यो । भान्जीको टाउँकोमा ।’ खुकुरी प्रहार गर्ने दिलिपलाई प्रहरीले पक्राउ गरेको छ ।

करिब ८ महिना अघि दिलिपले पुनमलाई विवाह गरेका हुन् । दिलिप सिराहाको गोलबजारमा बस्दै आएका थिए । विवाह गरेको केही दिन पछि विभिन्न बहानामा पनुमलाई कुटपिट गर्ने पुनमको माइती पक्षको आरोप रहेको छ ।

  • ५ भाद्र २०७५, मंगलवार १६:५६ प्रकाशित
  • Nabintech