वागेश्वरीमा जिल्ला स्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुने
  • काँचुली खबर

२८ जेठ, काेहलपुर । बाँकेको कोहलपुर-१० मा रहेकाे बागेश्वरी एकेडेमीमा प्रथम बागेश्वरी एकेडेमी जिल्ला स्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने भएको छ ।

विद्यालयले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएकाे हाे । आयाेजकका अनुसार यहि जेठ ३० र ३१ गते संचालन हुने प्रतियोगितामा जिल्लाभित्रका विभिन्न विद्यालय तथा क्लबका खेलाडीहरूको सहभागिता रहनेछ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विद्यालयका अध्यक्ष किशन गुरूङले प्रतियोगितामार्फत तेक्वान्दो खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य राखिएकाे बताए ।

प्रतियोगिताको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै गुरूङले प्रतियोगिता सफल आयोजनाका लागि सरोकारवालाहरूको सहयोगको अपेक्षा गरीएकाे बताए ।

तेक्वान्दोका पुर्व खेलाडी तथा काेहलपुर नगरपालिकाका प्रशिक्षक बुद्धि थापाले ३२ वटा गाेल्ड मेडलकालागी झण्डै ५०० खेलाडीले प्रतिस्पर्धा गर्ने बताए । उनले स्कुल हालाभित्रै ३ ठाँउमा एक साथ प्रतियोगिता संचालन गरीने बताए ।

विद्यालयले “संस्कारसहितको गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित शैक्षिक गतिविधिसँगै खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ ।

  • २८ जेष्ठ २०८३, बिहीबार १६:३२ प्रकाशित
  • Nabintech