आफ्नो फ्ल्याटलाई यौन धन्दामा लगाउने २ युवती पक्राउ परेका छन् । लाजिम्पाटमा फ्ल्याट भाडामा लिएर यौन धन्दा चलाउँदै आएका पाटनकी २८ वर्षिय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षिय मन्दिरा तामाङ (तितुङ) लाई पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले जानकारी दिए । एक युवतीको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी थापाले बताए । उनीहरुले गत शुक्रबार एक युवतीलाई आफ्नो कोठीमा लगेर युवकसँग जबरजस्ती सम्बन्ध राख्न लगाएपछि उनीहरुको पोल खुलेको हो । पक्राउ परेकालाई प्रहरीले मानव बेचबिखन मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ।
साभार : केन्द्रबिन्दु
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२१ श्रावण २०७५, सोमबार १२:५९ प्रकाशित