१५ चैत्र २०८०, बिहीबार
१२ कक्षाको नतिजा अब बिहीबारमात्रै सार्वजनिक गरिने
  • काँचुली खबर

आज सार्वजनिक हुने भनिएको कक्षा १२ को नतिजा अब बिहीबार मात्रै सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनिक गर्ने बताएको हो । मंगलबार सार्वजनिक गर्ने तयारी गरेको नतिजा आज सार्वजनिक गर्ने भनिएको थियो । तर प्राविधिक समस्या आएको भन्दै भोली सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

अझै फाईनल गर्न बाँकी रहेको र केही प्राविधिक समस्या आएकाले भोली मात्रै सार्वजनिक गरिने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । यो वर्षको परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् ।

यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बर नतिजा प्रकाशित गर्दैछ । पहिलो पटक सबै संकायको नतिजा एकैपटक सार्वजनिक गर्न लागिएको हो । यसअघिसम्म विज्ञान संकायको पछि मात्रे अन्य संकायको नतिजा सार्वजनिक गरिँदै आएको थियो ।

  • १६ श्रावण २०७५, बुधबार १८:२० प्रकाशित
  • Nabintech