११ बैशाख २०८१, मंगलवार
अनार खानुका १० फाईदाहरु
  • काँचुली खबर

शरीरलाई फिट र स्वस्थ राख्नका लागि प्रायः सबै फलफुलहरु लाभदायक मानिन्छ। तर खासगरि अनारको जुसले तौल घटाउनमा मद्दत गर्दछ। अनारमा मुख्यतः भिटामीन ‘ए’, ‘सी’, ‘इ’ र फोलिक एसिड र एन्टी एक्सीडेन्ट पाइन्छ। जसले पेटमा रहेका अनावश्यक बोसोहरुलाई घटाउन मद्दत गर्दछ । अनारको जुसले के कस्ता फाइदा पुग्छ त रु जानी राखौं अनार सेवन गर्नुका यी फाइदाहरु निम्न छन् :

– नियमित रुपमा अनारको जुस सेवन गर्नाले शरीरमा रक्त सञ्चालन प्रक्रियालाई ठिक गर्दछ।

– अनारको सेवनले स्तन क्यान्सर र कलेजोमा हुने क्यान्सरको सम्भावना पनि कम हुँदै जान्छ।

– यसले हृदयघातबाट पनि बचाउँछ।

– अनारले रगतमा आयरनको कमि हुन दिदैन। जसले गर्दा एनीमिया जस्ता रोगहरुबाट छुट्कारा दिलाउँछ।

– अनारको सेवनले प्रोस्टेट क्यान्सरको सम्भावना पनि निकै कम हुँदै जान्छ।

– गर्मी मौसममा अनारलाई पनि आफ्नो खानेकुरामा प्रयोग गर्न सक्नुपर्दछ। यसले पाचन सम्बन्धी समस्याबाट सँधैका लागि छुट्कारा पाउन सकिन्छ।

– अनारको सेवन गर्नाले छालामा निखारपन ल्याउँछ। अनारको प्रयोग छाला सम्बन्धी विभिन्न किसिमका समस्याबाट बचाउन निकै लाभदायक मानिन्छ।

– नियमित रुपमा अनारको सेवन गर्नाले दाँत सम्बन्धी समस्याबाट समेत राहत पाउन सकिन्छ।

– गर्भवती महिलाहरुका लािग अनारको जुस रामवाण नै मानिन्छ। गर्भवती महिलाहरुले अनारको जुस खाँदा उसको बच्चालाई पनि स्वस्थ बनाउँछ।

– बढी उमेरका मानिसहरुलाई प्रायः लाग्ने एलजाइमर रोगबाट अनारको सेवनले छुट्कारा दिलाउँछ। अनार सेवन गर्नुका यस्ता धेरै प्रकारका फाइदाहरु छन्। लामो उमेर र धेरै उर्जावान रहनका लागि नियमित रुपमा अनारको सेवन गर्नुलाई निकै लाभदायक मानिन्छ।

  • १६ श्रावण २०७५, बुधबार १३:१० प्रकाशित
  • Nabintech