३१ बैशाख, कोहलपुर । बाँकेकाे काेहलपुरमा पहिलाे पटक “प्रदेशसभा कप फुटबल प्रतियोगिता” संचालन हुने भएकाे छ । सामाजिक विकास डिभिजन कार्यालय, नेपालगन्जको आयोजनामा भाेली जेठ १ गतेदेखी “प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नं. १ (ख) अन्तर माध्यमिक विद्यालय यू-१६ फुटबल प्रतियोगिता” हुने भएकाे हाे ।
लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीको पहलमा सामाजिक विकास डिभिजन कार्यालय, नेपालगञ्जद्वारा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताको समन्वय नेपाल शिक्षक महासंघ कोहलपुर र राप्तीसोनारीले गर्ने बताईएकाे छ । बिहिबार काेहलपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराईएकाे हाे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रतियोगितामा बाँके क्षेत्र नं. १ (ख) अन्तर्गत कोहलपुर नगरपालिका तथा राप्तीसोनारी गाउँपालिकाको वडा नं. ८ र ९ मा रहेका ३६ वटा विद्यालयहरूको सहभागिता रहने आयाेजकले जनाएकाे छ ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५ लाख रुपैयाँ, द्वितीय हुने टोलीलाई ३ लाख रुपैयाँ तथा तृतीय हुने टोलीलाई २ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताका खेलहरू कृष्ण माध्यमिक विद्यालय काेहलपुर तथा गोरखा युनाइटेड पब्लिक स्कुलकाे खेल मैदानमा सञ्चालन हुने बताईएकाे छ । हरेक दिन दुई खेलमैदानमा बिहान र बेलुका २/२ वटा खेल संचालन हुनेछन । प्रतियोगितामा सहभागी खेलाडिकाे खेल अवधिभरकालागी जनहि १ लाख बराबरकाे बिमा समेत गरिने आयाेजकले जनाएकाे छ ।
प्रतियोगितामा सहभागी खेलाडी २०६७ साल वैशाख २८ गतेपछि र २०७० साल वैशाख २८ गतेअघि जन्मिएका हुनुपर्ने आयाेजकले जनाएकाे छ । साथै १३ वर्षभन्दा माथि तथा १६ वर्षभन्दा कम उमेरका, माध्यमिक तहमा अध्ययनरत र २०८२ सालको विद्यालयको IEMIS मा दर्ता भएका विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।
२०८२ सालको एसईई परीक्षा दिएका विद्यार्थीहरूले समेत प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गरिएको सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख ऋषिराज शर्माले बताए ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन तथा समापन कार्यक्रम कृष्ण माध्यमिक विद्यालय, कौशिलानगरको खेल मैदानमा हुने शर्माले जानकारी दिए ।
३१ बैशाख २०८३, बिहीबार १९:०५ प्रकाशित