सडक किनारमा अज्ञात पुरूषकाे शव फेला
  • काँचुली खबर

२७ बैशाख, कोहलपुर । जिल्ला बाँकेको कोहलपुर नगरपालिका-१३ स्थित आर्मी चेक प्वाइन्टदेखि करिब ३ किलोमिटर पूर्व रानी सामुदायिक वन क्षेत्रअन्तर्गत पूर्व-पश्चिम राजमार्ग छेउको नालामाथि एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आइतबार बिहान करिब ८:१० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले अन्दाजी ४० देखि ४२ वर्ष उमेरका देखिने पुरुष मृत अवस्थामा रहेको जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रहरीका अनुसार मृतकको हालसम्म नाम, थर तथा ठेगाना खुल्न सकेको छैन । मृतकले माथिल्लो शरीरमा पहेँलो रङको कालो धर्का भएको टिसर्ट तथा तल्लो शरीरमा निलो जिन्स पाइन्ट लगाएका छन् । साथै उनको हल्का दाह्री-जुँगा रहेको बताइएको छ ।

हालसम्म मृतकका आफन्त सम्पर्कमा नआएकाले शवको पहिचान गर्न सक्ने व्यक्तिलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २७ बैशाख २०८३, आईतवार २१:०० प्रकाशित
  • Nabintech