३१ बैशाख, काेहलपुर । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने २४ वर्षीय वीरबहादुर थारुलाई पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक नवीन शाहीको कमाण्डमा खटिएको टोलीले मंगलबार साँझ करिब ५:३० बजे थारुको घरमा छापा मारेको थियो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
खानतलासीका क्रममा थारुले सुत्ने खाटको सिरानीमुनि कालो प्लास्टिकमा पुरिया बनाएर लुकाइराखेको अवस्थामा खैरो हेरोइन फेला परेको ब्यूरोले जनाएको छ। बरामद पदार्थ प्लास्टिकसहित ४ ग्राम ६१० मिलिग्राम र प्लास्टिक हटाउँदा ४ ग्राम २२० मिलिग्राम खैरो हेरोइन रहेको पुष्टि भएको छ। साथै एक थान मोबाइलसमेत बरामद गरिएको छ।
यसैबीच, अर्को अपरेशनमा बैजनाथ गाउँपालिका-१ र २ को सिमाना मुलाटाँटी क्षेत्रबाट थप दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २८ वर्षीय यामबहादुर बुढा र ३३ वर्षीय टोपबहादुर रोकाया रहेका छन्।
उनीहरू बसेको स्थान तथा शरीर खानतलासी गर्दा रातो प्लास्टिकले बेरेर राखिएको ६५ पुरिया खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
उक्त पदार्थ प्लास्टिकसहित ३ ग्राम ३५० मिलिग्राम र प्लास्टिक हटाउँदा २ ग्राम ११० मिलिग्राम रहेको पुष्टि भएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जले जनाएको छ।
३१ बैशाख २०८३, बिहीबार १०:२० प्रकाशित