३१ बैशाख, काेहलपुर । नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै भुक्तानी नगर्ने पाँच हजार बढी सेवाग्राहीको ‘लाइन’ विच्छेद गरिदिएको छ ।
पाँच महिनाको अवधिमा लामो समयदेखि महसुल रकम नतिर्ने करिब पाँच हजार ५०० ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली प्रक्रिया शुरू गरेको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनका अनुसार, लामो समयदेखि महसुल रकम नतिर्ने ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली अभियान शुरूआत गरेपछि नेपालगञ्ज वितरण केन्द्रले करिब पाँच करोड बक्यौता असुल गर्न सफल भएको छ । ‘बितेको पाँच महिनाको अवधिमा हामीले करिब साढे ५ हजार ग्राहकको लाइन काटेका छौँ । यसबाट बक्यौता रकम करिब छ करोड ३० लाख हुन गएको छ,’ उनले भने, ‘लाइनविच्छेद गरेकामध्ये करिब चार हजार ५०० ग्राहकबाट विद्युत् लाइन पुनःजडान भई करिब रु पाँच करोड बक्यौता असुल भएको छ ।’
विद्युत् आपूर्ति सुधार र अनियमितता नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाएको केन्द्र प्रमुख मिश्रले बताए
विद्युत् लाइन प्रयोग गरेवापतको महसुल ६० दिनभित्र तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । उक्त अवधिभित्र बिल भुक्तानी नतिर्ने उपभोक्तामाथि अब स्वचालित रूपमा कारबाही हुनेछ । बक्यौता नतिर्ने ग्राहकको लाइन विच्छेद अभियानले ग्राहकलाई समयमै बिल तिर्नुपर्ने सचेतना जगाएको उनको भनाइ छ ।
बाँके जिल्लामा विद्युत् सेवा सुधार र चुहावट नियन्त्रणको लागि नेपालगञ्ज वितरण केन्द्रले मिटर अनुगमन, हुकिङ गर्ने वा मिटरमा गडबडी गर्ने ग्राहकमाथि सार्वजनिक बिदाका दिनसमेत स्थलगत निरीक्षण गर्दै सिँचाइ, घरेलु तथा अन्य ग्राहकको सेवा अवस्थाबारे अनुगमन गरिरहेको छ ।
सेवा सुधार, चुहावट नियन्त्रण अभियानले पछिल्ला महिनाहरूमा बाँकेमा विद्युत् आपूर्तिमा सुधार देखिएको छ । नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेकाकारण गर्मीयाममा आपूर्ति अवरुद्ध नहुने केन्द्र प्रमुख मिश्रको दाबी छ ।
नेपालगञ्ज वितरण केन्द्र नो-लाइट शाखामार्फत महत्वपूर्ण स्थानहरूमा नाङ्गो तार हटाइ केबुल विस्तारको काम भइरहेको छ । मर्मत शाखाले नियमित अनुगमनमार्फत आपूर्ति अवरोध हुन नदिन आवश्यक सतर्कता अपनाएको कारण विद्युत् चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण तथा सेवा प्रवाहमा थप सुधार आएको उनको भनाइ छ ।
३१ बैशाख २०८३, बिहीबार १५:०७ प्रकाशित