महासचिवको उपस्थितीमा माओवादीले भोली कोहलपुरमा खबरदारी र्याली गर्ने
  • काँचुली खबर

११ पुस, कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भोली कोहलपुरमा खबरदारी र्याली गर्ने भएको छ । कोहलपुर नगर समितीको तेस्रो नगर अधिवेशनको उद्घाटन शत्र अघि खबरदारी र्याली आयोजना गरीने माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष अबराज खड्काले जानकारी दिए ।

नगर अधिवेशनबारे जानकारी दिन बिहिबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले भ्रष्टाचार अन्त्य र शुसासनकालागी नगर अधिवेशनबाट नयाँ सन्देश प्रवाह गरीने बताए । उनले पुष १२ र १३ गते हुने अधिवेशनको तयारी तिब्र पारीएको जानकारी समेत दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बिहान ११ बजेबाट कोहलपुर नगरपालीकाको गेटबाट निकालिने खबरदारी र्याली कोहलपुर चौराह, न्यूरोड, साझा चोक हुँदै कोहलपुर शित भण्डारको सभाहलमा गएर खबरदारी सभामा परीणत हुने खड्काले बताए ।

नगर अधिवेशनको उद्घाटन माओवादी केन्द्रका महासचिव देब प्रसाद गुरुङले गर्ने भएका छन । कोहलपुर शित भण्डारको सभाहलमा हुने उद्घाटन शत्रमा महासचिव गुरुङ सहितका केन्द्रिय तथा प्रदेश स्तरका नेताहरु सहभागी हुने खड्काले बताए ।

“भ्रष्टाचार अन्त्य र शुसासनकालागी हाम्रो अभियान, संगठन सुदृढिकरण र बिकासकालागी तेस्रो नगर अधिवेशन” भन्ने मुल नाराका साथ हुने अधिवेशनको उद्घाटन समारोह अघि निकालीने खबरदारी र्यालीमा ६ हजार बढी कार्यकर्ता तथा स्थानियको सहभागीता हुने खड्काले दाबी गरे ।

नेतृत्व चयनकालागी हुने अधिवेशनकालागी नगरका १५ वटै वडाबाट २०२ जना प्रतिनिधि छनौट गरीएको जानकारी दिदैं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पार्वती पुन (उषा) ले निर्वाचन प्रणालीबाटै नयाँ नेतृत्व चयन हुने बताईन ।

महाधिवेशनबाट ७ जना पदाधिकारी सहित ५५ सदस्यीय कमिटि चयन गरीने पुनले जानकारी दिईन । समावेशी प्रतिनिधित्वका लागी १० प्रतिशत सदस्य पछि मनोनित गर्ने ब्यवस्था समेत रहेको बताउँदै पुनले तेस्रो अधिवेशनबाट उर्जावान नेतृत्व चयन हुने विश्वास ब्यक्त गरीन ।

भोली उद्घाटन हुने अधिवेशनको बन्दशत्र १३ गते सहिद स्मृती केन्द्र कोहलपुरमा संचालन हुने नेकपा माओवादी केन्द्र कोहलपुरले जनाएको छ ।

  • ११ पुष २०८१, बिहीबार १७:४६ प्रकाशित
  • Nabintech