दुई दशकपछि नेपालगन्जमा पुन: ठाडियाे वीरेन्द्रको शालिक 
  • काँचुली खबर

२० असार, काेहलपुर । दुई दशकपछि नेपालगन्जमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक पुनर्स्थापना गरिएको छ।

जिल्लामा सर्वदलीय र सर्वपक्षीय सहमतिबाट नेपालगन्ज उपमहानगरपालिकाले धम्बोझीमा अन्ततः शालिक पुनर्स्थापना गरेको हो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

दोस्रो जनआन्दोलन २०६२/०६३ तिर उक्त शालिकमाथि तोडफोड गरिएको थियो।

उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले जिल्लास्थित सर्वदलीय र सर्वपक्षीय सहमति पश्चात नगर कार्यपालिका (बोर्ड) बैठकबाट निर्णय गरेर स्वर्गीय राजा वीरेन्द्रको पूर्ण कदको शालिक पुनर्स्थापना गरिएको जानकारी दिए।

शुक्रबार राति क्रेनको सहायताले शालिक राख्ने काम सम्पन्न गरिएको उनले बताए। मध्यरातमा शालिक पुनर्स्थापना गर्ने क्रममा मेयर बिष्टसहित जनप्रतिनिधिहरू, राजावादी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। दिउँसोको समयमा सडकमा मानिसहरूको आवत-जावतका कारण काम गर्न असहज हुने भएकाले रातको समयमा शालिक ठड्याइएको मेयर बिष्टले प्रट्याए।

‘इतिहासलाई संरक्षण गर्नु नेपालगन्ज उपमहानगरपालिकाको दायित्व र कर्तव्य हो, त्यसैले हामीले कार्यपालिका बैठकबाट निर्णय गरेर स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनर्स्थापना गरेका हौं, शालिकको विधिवत् उद्घाटन साउनमा हुनेछ,’ मेयर बिष्टले भने।

यस्तै जेनजी आन्दोलनका क्रममा २०८२ भदौं २४ गतेका दिन नेपालगन्जमा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र सहिद सेतु बिकको शालिक तोडफोड गरिएको थियो। उक्त शालिकहरू पनि उपमहानगरपालिकाले पुनर्निर्माण पछि पुनर्स्थापना गरेकाे छ ।

‘आन्दोलनका नाममा तोडफोड भएका सबै शालिक पुनर्निर्माणको काम भइरहेको छ, हामी सबै शालिक पुनर्निर्माणको काम सम्पन्न गर्दैछौं,’ बिष्टले भने।

  • २० असार २०८३, शनिबार १०:३० प्रकाशित
  • Nabintech