११ असार, काठमाडौं । रास्वपाको प्रथम महाधिवेशनको मतपरिणाम सार्वजनिक हुँदा उम्मेदवारकै नाम गायब भएको छ ।
लुम्बिनी प्रदेशबाट भूगोलतर्फका उम्मेदवारी दिएका भरतप्रसाद पनेरुको नाम नै निर्वाचन आयोगले सार्वजनिक गरेन । उनको नाममा आएको मत पनि घोषणा गरेन । पनेरुले पार्टीको महाधिवेशनमा चरम लापरबाही भएको भन्दै आपत्ति जनाएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
लुम्बिनी प्रदेशको भूगोलतर्फ केन्द्रीय सदस्यको उम्मेदवार दिएका पनेरूकाे नाम उम्मेदवारको सूचीमा ३२औं नम्बरमा थियो। तर, निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गर्दा उनकाे नाम र पाएको मत कतै पनि नदेखिएकाे पनेरूले बताए ।
पहिले भनिएजस्तै महाधिवेशनलाई व्यवस्थीत बनाउन नसकिएकाेप्रति माफी माग्दै पनेरूले भने, “पहिलो कुरा त म सम्पूर्ण देशवासी र पार्टी कार्यकर्तासँग हार्दिकताका साथ माफी माग्न चाहन्छु । वास्तवमा यो माफी हाम्रो पार्टी सभापति, महामन्त्री र निर्वाचन आयोगले माग्नुपर्ने थियो। तर उहाँहरूले नमागेकाले एक जिम्मेवार उम्मेदवारका नाताले म माफी माग्दैछु। हामीले आजसम्म हाम्रो पार्टीलाई ‘डिजिटल पार्टी’ र ‘डाटाबेस पार्टी’ भनेर जति फुर्ति लगायौँ, जुन अहङ्कार देखायौँ, आज यो घटनाले हामीलाई लज्जित बनाएको छ।”
निर्वाचन आयोगले मतपरिणाम फलाक्दै गर्दा डिजिटल पार्टीको आधिकारिक वेबसाइटको ‘लाइभ अधिवेशन’ पोर्टलमा कुनै अपडेट नभएकाे उल्लेख गर्दै पनेरूले भने,
“सबै कुरा सकिएपछि मात्रै अपडेट आउने हो भने त्यो ‘लाइभ’ को के अर्थ भयो र ? अर्को कुरा, भोटिङ मेसिनबाट गरिएको मतदानको परिणाम अनलाइन प्लेटफर्ममा हालेको भए सबैले सहजै हेर्न पाउँथे, समयको पनि बचत हुन्थ्यो। तर यहाँ परिणाम लुकाइयो।”
३ दिनमा सकिने महाधिवेशनलाई एक महिना झुलाउने तरिकाले नेतृत्व अगाडि बढेकाे भन्दै पनेरूले आक्राेश ब्यक्त गरे । कतिपय साथीहरू थाकेर घर फर्किएकाे बताउँदै पनेरूले भने, “मेरो प्रश्न के हो भने, डिजिटली गरिएको मतदानको मेरो भोट उहाँहरूले कहाँ लगेर हराउनुभयो ? अब त्यो कहाँ खोज्ने ?”
आफ्नाे उम्मेदवारी (नोमिनेसन) स्वीकृत भएको र अरू कसैले नहाले पनि आफुले आफैलाई हालेकाे भाेट समेत नदेखिएकाे भन्दै पनेरूले आफ्नो भोटकाे अधिकार लिएरै छाड्ने बताए ।
११ असार २०८३, बिहीबार २२:५६ प्रकाशित