१६ चैत्र २०८०, शुक्रबार
सकियो नारायणगढ-मुग्लिन सडक निर्माण
  • काँचुली खबर

काठमाडौं – ३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत ९ मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो ।

सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिनुभयो । भूकम्प र नाकाबन्दीका कारण ११ महिना काम हुन नसक्दा तथा निर्माणाधीन अवस्थामा पनि यातायातका साधनसमेत सञ्चालन गर्नुपर्ने भएकाले तोकिएको समयभन्दा ढिलो सकिएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताउनुभयो । बिसुरालका अनुसार तीनवटा ठेक्कामा काम भएकोमा दुईवटाले काम सम्पन्न भएको प्रमाणपत्र पाइसकेका छन ।

विश्वबैंकको करिब ३ अर्ब ९० करोड ९ सय ३६ मिलियन अमेरिकी डलर सहयोगमा सडक निर्माण भएको हो । राजमार्ग निर्माण सकिए पनि बर्खा लागेपछि पटक–पटक पहिरो गएर समस्या परिरहेको छ । यसबीचमा ५ ठाउँमा ठूलो पहिरो गएको छ । पहिरो नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिए पनि बर्खा सुरु भएपछि समस्या आएको परियोजनाले जनाएको छ ।

यो परियोजना सुरु हुनुभन्दा अघि नारायणगढ–मुग्लिङ सडकको औसत चौडाइ साढे ५ देखि ६ मिटर थियो । परियोजना सम्पन्न भएपछि पूरै सडक कम्तीमा ७ मिटर चौडा भएको छ । ‘यो एसियाली राजमार्गको मापदण्डअनुरूप डबल लेन सडकमा स्तरोन्नति भएको सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले बताउनुभयो ।

राजमार्ग सम्पन्न भएपछि मुग्लिन–नारायणगढ सडकको यात्रा दूरी पनि छोटिएको छ । अब ३५ मिनेटमा यो राजमार्ग पार गर्न सकिने छ ।

  • १३ श्रावण २०७५, आईतवार ०९:१५ प्रकाशित
  • Nabintech