१५ चैत्र २०८०, बिहीबार
बसले ठक्कर दिँदा पत्रकारको मृत्यु
  • काँचुली खबर

राजविराज – सप्तरीमा बुधबार भएको दुर्घटनामा पुराना पत्रकार रामप्रसाद खतिवडाको मृत्यु भएको छ। माइक्रो र बस ठक्कर खाँदा राजविराज ७ निवासी ७३ वर्षीय वरिष्ठ पत्रकार खतिवडाको मृत्यु भएको हो।

राजविराज नगरपालिका १५ देउरी भरुवास्थित राजविराज(भारदह सडकखण्डमा ना ५ ख ६१० नम्बरको राजधानी बसले को १ ज २१४९ नम्बरको माइक्रो बसलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

टाउकोमा गम्भीर चोट लागेका खतिवडाको अवस्था चिन्ताजनक भएपछि राजविराजबाट विराटनगरस्थित नोबल अस्पताल पठाइएको थियो। नोबेल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते प्रहरी हवल्दार मोरङ मोतीपुर ६ का ३० वर्षीय श्रवण माझीको नोबल अस्पताल र सप्तरी राजविराज १ का ४५ वर्षीय नित्यानन्द झाको धरानमा उपचार भइरहेको छ। माझीको अवस्था चिन्ताजनक छ। दुर्घटनामा सुनसरी दुहबी नगरपालिका ५ का ५२ वर्षीय अर्जुन ठकुरी सामान्य घाइते छन्।

 

  • १० श्रावण २०७५, बिहीबार ११:३४ प्रकाशित
  • Nabintech