१४ जेठ, काेहलपुर । बाँकेमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो परेको चट्याङमा एक महिलाको ज्यान गएको बाँके प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले आइतबार दिउँसो परेको चट्याङ लागेर राप्तीसोनारी ८ का एक महिलाको ज्यान गएको जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रनाउ डाँगीका अनुसार राप्तीसोनारी ८ स्थित घण्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन गएकी ४० वर्षीया पुतला खत्रीको दिउँसो परेको चट्याङमा परी घटनास्थलमै ज्यान गएको हो ।
उनीसँगै बाख्रा चराउन गएका अन्य दुई जना महिला पनि सामान्य घाइते भएको उनले बताए । चट्याङ लागेर तीन वटा बाख्रा पनि मरेको डाँगीले जानकारी दिए ।
१४ जेष्ठ २०८१, सोमबार ०८:२० प्रकाशित