१६ चैत्र २०८०, शुक्रबार
भरतपुरमा झडपः प्रहरीद्वारा हवाइ फायर
  • काँचुली खबर

चितवन – भरतपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

केन्द्रीय वस टर्मिलन चोकमा भएको झडपमा प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेर ध्वस्त पारिदिएका छन् ।  झडपमा दुई जना प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारीहरु घाइते भएका छन् ।

  • ९ श्रावण २०७५, बुधबार १५:०१ प्रकाशित
  • Nabintech