२३ बैशाख २०८१, आईतवार
नालामा बेवारिसे भेटिएको शवको अझै पहिचान खुलेन
  • काँचुली खबर

१३ बैशाख, नेपालगन्ज । बाँकेको नेपालगञ्ज १ स्थित धम्बोझी चोक नजिकैको नालिमा फेला परेको शवको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बैशाख ९ गते धम्बोझीस्थित खजुरा रोडको नालीमा घोप्टो परेको अवस्थामा अन्दाजी ४०-४२ वर्षको पुरुषको शव भेटिएको थियो । प्राम्भिक अनुसन्धान पश्चात शव हाल भेरी अस्पताल नेपालगंजको लाश घरमा राखिएको छ ।

उक्त मृतक व्यक्तिलाई चिन्नेले जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

खजुरा रोडको नालीमा भेटियो पुरुषको शव

  • १३ बैशाख २०८१, बिहीबार १५:१० प्रकाशित
  • Nabintech