५ जेष्ठ २०८१, शनिबार
प्रतिवेदनमा देखिएका दाेषिलाई तत्काल कारबाहि गर्न अनेरास्ववियुकाे माग
  • काँचुली खबर

२२ बैशाख, कोहलपुर । कोहलपुर नगर शिक्षाले सञ्चालन गरेको कक्षा ८ को रिजल्टमा त्रुटी भेटिएपछि गठित छानविन समितीले सार्वजनिक गरेको प्रतिबेदन र उक्त प्रतिवेदनमा औंल्याएका दोषि उपर गरिने भनिएको कारवाहिलाई कार्यान्वयन नगरिएको भन्दै अनेरास्वविय बाँकेले कोहलपुर नगरपालिकाकाे ध्यानाकर्षण गराएकाे छ ।

प्रतिवेदन सार्वजनिक गरिएकै दिन नगर प्रमुख पुर्ण प्रसाद आचार्यले दोषिलाई नछोडिने प्रतिबद्धता जनाएको भएपनि हाल सम्म दाेषि देखिएकाहरुलाई कारवाहि नगरिएको भन्दै अनेरास्ववियु बाँकेले नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई ५ दिनको अल्टिमेटम दिंदै शुक्रवार एक ज्ञापन पत्र पेश गरेको छ ।

ज्ञापन पत्रमा कोहलपुर नगरपालिकाद्धारा सञ्चालित आधारभुत तहको परीक्षामा भएको घोटालामा छानविन समितीले ल्याएको प्रतिवेदन बमोजिम दोषिहरुलाई कारवाहि गर्न कोहलपुर नगरपालिकाले देखाएको उदाशिनताप्रति अनेरास्ववियु बाँकेको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रतिवेदनमा दाेषि देखिएका नगर शिक्षा प्रमुख, नगर शिक्षा अधिकृत लगाएतलाई प्रतिवेदनको मर्म अनुरुप लत्काल कारवाहि गर्न आग्रह गरिएको छ ।

५ दिनको अल्टिमेटम दिईएको उक्त ज्ञापन पत्रमा दोषि उपर उक्त समय सिमा भित्रमा कारवाहि नगरिए अनेरास्ववियु बाँकेले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनि दिंदै आन्दोलनबाट सम्पुर्ण कुराहरुको जिम्मेवारी सम्वन्धित निकाय नै हुनुपर्ने उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझदै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतिवेदन कार्यान्वयनमा आफु लागिरहेको भन्दै सरकारी वकिलको कार्यालयले कागजात अपुग भन्दै मुद्धा दर्ता नगरेकाले कारवाहि प्रक्रिया केहि प्रभावित भएको भयतापनि प्रतिवेदन अनुरुप देखिएका दोषिलाई कारवाहि गर्न नगरपालिका प्रतिबद्ध रहेको बताएको अनेरास्ववियुका केन्द्रिय सदस्य दिनेश केसिले बताए ।

यता कारवाहिको दायरामा ल्याउने भनिएका कर्मचारीहरुले कार्यालयको काम भने गरिरहेको पाईएको छ । नगर शिक्षा प्रमुख राम बहादुर हमालले विभिन्न कार्यालयका पत्रहरुमा दस्तखत गरेसंगै उनले कार्यालयको कामलाई निर्धक्क निरन्तरता दिएको पुष्टि हुन्छ भने कक्षा १२ को परिक्षाको अनुगमनमा समेत रविलाल मिजार सहभागी भएपछि उनलाई पनि कारवाहिले नछोएको विद्यार्थीहरुको आरोप छ ।

  • २२ बैशाख २०८१, शनिबार १०:०८ प्रकाशित
  • Nabintech