खजुरा रोडको नालीमा भेटियो पुरुषको शव

९ बैशाख, नेपालगन्ज । नेपालगन्जमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । धम्बोझीस्थित खजुरा रोडको नालीमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो । आईतबार बेलुका अन्दाजी ५ बजेको समयमा नालामा शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।