५ जेष्ठ २०८१, शनिबार
गाउँ-गाँउमा सचेतना अभियान चलाउँदै सहकारी
  • काँचुली खबर

२२ बैशाख, काेहलपुर । पछिल्लो समय सहकारीप्रति जनताको विश्वास घटदै गएपछि स्थानिय स्तरमा दर्ता भई सहकारीका गतिविधि सञ्चालन गर्दै आएका सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई सहकारीबारे सुसुचित पार्दै सचेत बनाउने गरि गाउँ-गाउँमा सहकारी शिक्षा दिन थालेका छन ।

राजधानिमा दर्ता गर्ने र कोहलपुर तथा बैजनाथमा शाखा खोलि जनताको मोटो रकम कुम्ल्याउन उद्धत शिव शिखर जस्ता सहकारीका कारण शेयर सदस्यहरुमा परेको भ्रमलाई चिर्न कोहलपुर र बैजनाथमा क्रियाशिल सहकारीहरुले सचेतना अभियानलाई तिब्रता दिन थालेका छन ।

कोहलपुरमा रहेको सबैभन्दा पुरानो सहकारी संस्था साझले कौशिल्या अस्पतालको सहकार्यमा बैजनाथका ३ वडा र कोहलपुरका १५ वडामा स्वास्थ्य शिविर राख्दै आफ्ना शेयर सदस्यहरुलाई सचेतिकरण अभियानमा जोडेको छ भने बैजनाथ गाउँपालिकामा दर्ता भई लघु उद्यमको क्षेत्रमा क्रियाशिल बैजनाथ सामाजिक उद्यमी महिला सहकारीले पनि सेवा नेपालसंगको सहकार्यमा गाउँ-गाउँमा पुगरे आफ्ना समुह सदस्यहरुलाई सचेतना अभिबृद्धि गर्दै सहकारीसंगको विश्वासलाई कायम राख्ने प्रयास गरेको छ ।

”बाेरामा एउटा आलु कुहियो भने सबै बाेरा नै विग्रन सक्ने” भएकाले सहकारीहरुप्रति आम सर्वसाधारणहरुलाई कस्ता सहकारीहरुमा बचत जम्मा गर्ने, सहकारीहरुले बचतकालागि कस्ता याेजनाहरु दिने गरेका छन, कर्जा के हो र उद्यमशिल कसरी बन्न सकिन्छ भन्ने विषयमा बैजनाथ सामाजिक उद्यमी महिला सहकारीले बैजनाथ गाउपालिकाका वडा नं. १ को गाभार भ्यालि र चिसापानीमा १ सय बढि आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको सहकारीका फिल्ड सहजकर्ता चाँदनी थापाले जानकारी दिईन ।

कर्जाको सदुपयोग गर्दै आफुलाई उद्यमी बनाउन सकिने टुल्सहरुका साथ प्रदान गरिएको शिक्षा साक्षरता अभियामा ढकेरी सहकारीका प्रबन्धक भुपेन्द्र वलिले प्रशिक्षण दिएका थिए ।

हेफर ईन्टरनेशनलको सहयोगमा बैजनाथ गाउपालिकाका १ देखि ४ वडामा सहकारीका ८२ वटा उद्यमी समुह गठन भएका छन । यीनै उद्यमी समुहका प्रतिनिधिहरुको छनौटबाट सहकारीको आकार दिई गाउपालिकामा दर्ता पश्चात सहकारीले समुहमा आवद्ध सदस्यहरुलाई समुह मार्फत शुलभ ब्याज दरमा कर्जा दिई ब्यबसायीक बाख्रा पालन तर्फ अग्रसर गराउने गरेको छ भने सदस्यहरुले पालेका खसिलाई विचौलियाको प्रवेश बिना किसानले सिधै मासु पसलेहरुलाई विक्रि वितरण गर्ने प्रबन्ध गर्दै आएको छ ।

२०७७ सालमा दर्ता भएको सहकारीले यस अवधिसम्म एक हजार पाँच सय पन्चानब्बे सदस्यहरु मार्फत ३० लाख शेयर पुजिमा १ करोड बढि कर्जा परिचालन गर्न सफल भएको छ । सदस्यहरुको ६० लाख बढि बचत रहेको यस सहकारीमा भाखा नाघेको रकम भने शुन्य रहेको छ । लघुवित्त मोडेलमा सञ्चालित सहकारीले विभिन्न गैर सरकारी संस्था तथा स्थानिय सरकारसंगको साझेदारीमा तालिम, गोष्ठि सचेतना अभियानका साथै सामाजिक कार्यक्रमहरु समेत चलाउदै आएको छ ।

सहकारीले आफनै ढुवानि पिक अप भ्यानको प्रयोग गर्दै किसानबाट उत्पादित खाद्यजन्य नगदे बालिहरु, खसि बाख्रालाई बजारसम्म लैजान सहजिकरण गर्ने र बजारीकरणमा समेत सहयोग पुर्याउदै आएको सहकारीका प्रबन्धक प्रमोद रिजालले जानकारी दिए ।

  • २२ बैशाख २०८१, शनिबार १०:२६ प्रकाशित
  • Nabintech