२३ बैशाख २०८१, आईतवार
चार सय ५२ प्याकेट अबैध चुरोट र भन्सार छलीको सामान बरामद
  • काँचुली खबर

९ बैशाख, नेपालगन्ज । नेपालगन्जबाट दुई लाख ९२ हजार मुल्य बराबरको अबैध सामान बरामद गरीएको छ । नेपालगनज उपमहानगरपालीका वडा नं. ४ बसपार्कस्थित आईतबार गोबिन्द महतको घर अगाडी भारतबाट नेपालतर्फ भन्सार छलि ल्याईएको अबैध सामग्री बरामद गरीएको जिल्ला प्रशरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले चोरी निकासी गरी अबैध रुपमा भित्राईएको ८५ बोरा चामल, ९१ बोरा चिनी, ५ बोरा चकलेट, डिजिटल तराजु १ थान र बोरा सिलाउने मेशिन थान १ बरामद गरेको हो ।

बरामद भएका सामग्री आवश्यक कारवाहीकालागी भन्सार कार्यालय नेपालगंजमा पठाईएको प्रहरीले जनाएको छ ।

यसैबिच आईतबार नै नेपालबाट अवैध रूपमा भारत तर्फ लैजाँदै गरेको चुरोट प्रहरीले बरामद गरेको छ।

नेपालगन्ज १५ जमुनाह स्थित अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले अन्दाजी ५६ हजार ४८ रुपैयाँ बराबरको ४५२ प्याकेट खुकुरी चुरोट सहित ढुवानीमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गरीएका ब्यक्ती सहित उक्त चुरोट आवश्यक कारवाहीकालागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ।

  • ९ बैशाख २०८१, आईतवार १८:२२ प्रकाशित
  • Nabintech