५ जेष्ठ २०८१, शनिबार
वकिल र कर्मचारीसहित कोहलपुरबाट ६ जना पक्राउ
  • काँचुली खबर

२३ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट पक्राउ पर्नेमा वकील र कर्मचारी समेत रहेका छन । कार्यालय परीसरमा बिचौलीयाको चलखेल बढेको भन्दै आईतबार छापा मारीएकोमा ३ जना वकील, १ जना कर्मचारी सहित २ जना बिचौलीयालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कोहलपुरको नापी र मालपोत कार्यालयमा विचौलियाहरुको निकै चलखेल भइरहेको भन्ने जनगुनासो पछि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा आएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको हो ।

कार्यालय भित्र विचौलिको काम गरिरहेको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानका क्रममा भएकोले को को पक्राउ परेका छन् भन्ने अहिले खुलाउन नमिल्ने प्रहरी स्रोतको भनाई छ । स्रोतका अनुसार ३ जना वकिल, १ जना कोहलपुर नगरपालिकाका करार कर्मचारी सहित बिचौलिया पक्राउ परेका हुन ।

  • २३ बैशाख २०८१, आईतवार १६:०५ प्रकाशित
  • Nabintech