५ जेष्ठ २०८१, शनिबार
मालपोत र नापी कार्यालयबाट ६ जना बिचौलीया पक्राउ
  • काँचुली खबर

२३ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जनालाई पक्राउ परेका छन ।

कोहलपुरको नापी र मालपोत कार्यालयमा विचौलियाहरुको निकै चलखेल भइरहेको भन्ने जनगुनासो पछि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा आएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको इप्रका कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन ।

कार्यालय भित्र विचौलिको काम गरिरहेको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको भण्डारीले जानकारी दिए ।

  • २३ बैशाख २०८१, आईतवार १३:३८ प्रकाशित
  • Nabintech